Saturday, July 21, 2018

बिजय चालिसे,
नवलपुर, साउन ५
नवलपुरको अरुणखोलामा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।
  
आज शनिबार बिहान पूर्वतर्फ जादै गरेको ना ५ ख ९०६४ नम्बरको ट्रकलाई धनगढीबाट काठमाडौं जानका लागि आउदै गरेको ना ५ ख ५७६३ नम्बरको बसले मध्यबिन्दु नगरपालिका १० अरुणखोला पुल नजिकै पछाडिबाट ठक्कर दिँदा बसमा सवार २४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मध्ये ७ जनालाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाइको छ भने सामान्य घाइते भएका ८ जनाको मध्यबिन्दु सामुदायिक अस्पताल शहिदनगर डण्डा र ९ जनाको मनकामना पोलिक्लिनिक अरुण खोलामै उपचार भइरहेको छ ।
घाइते हुनेहरुमध्ये काभ्रेका ३१ वर्षीय सुनिल भण्डारी, कैलालीका ३५वर्षीय कमलसिह चौधरी, २० वर्षीय कमल खड्का, चितवनकी ४० वर्षिय ४० वर्षीय उमा बराल, कञ्चनपुर जिल्ला बेलैरी ३ बस्ने १२ वर्षीय उर्मिला बोहोरा, ३० वर्षीय पदम बोहोरा र कैलाली घोडाघोडी १ बस्ने ८१ वर्षीय कुशल बिष्टको अवस्था मध्यम रहेको र उनिहरुलाई भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *