Friday, July 20, 2018

खगेन्द्र पराजुली
४ साउन, दलदले
प्रंगतिनगर खानेपानी संस्थाको नयाँ नेतृत्वका लागी स्थानीय स्तरमा चर्को बहस चल्न थालेको छ । देवचुली नगरपालिका अन्तर्गत साबिक प्रगतिनगर गा.वि.स. क्षेत्रमा खानेपानी सेवा प्रदान गर्दै आईरहेको प्रगतिनगर खानेपानी तथा सरसफाई आयोजनाको नयाँ कार्य समिति चयनका लागी फेरी एकपटक राजनैतिक सरगर्मी बढेको हो । 
२०५४ सालदेखी अहिलेसम्मका अधिबेशन एवं चुनाबी परिणाम अनुसार १ कार्यकाल ३ बर्ष मात्र तत्कालिन नेकपा एमालेले नेतृत्व गर्न पाएको थियो भने बाँकी सबै कार्यकाल नेपाली काग्रेसले नेतृत्व गरेको हो ।
गत २०७२ साउन २ गते सम्पन्न खानेपानीको निर्वाचनबाट अध्यक्ष लगायत ३ वटा वडामा बिजय हासिल गरेको नेपाली काँग्रेस कार्य समितिमा अल्पमतमा परेको थियो । खानेपानी संस्थाको सञ्चालक समितिको नेतृत्व सर्व सम्मत रुपमा चयन गर्न भन्दै दुवै पक्षले बार्ता टोली समेत बनाएका थिए । तत्कालिन एमालेले खानेपानीमा १ सचिव सहित ४ वडा सदस्य माग गरेको थियो । काग्रेस समूहले एमालेलाई सचिव पद दिन नमान्दा खानेपानी नेतृत्व चयन प्रक्रिया निर्वाचनमा पुगेको थियो । निर्बाचनवाट एमालेका सचिव सहित लेखा संयोजक र ६ वडा प्रतिनिधिले जितेका थिए । सो निर्वाचनमा नेपाली काँग्रेस र तत्कालिन माओबादी केन्द्रको संयुक्त समीकरण थियो । उक्त प्रतिस्पर्धाले स्थानीय स्तरमा नेपाली काग्रेसले नराम्रो र अप्रत्यासित हार बेहोर्नु परेको थियो ।
शुक्रबार खानेपानी सञ्चालक समितिको अन्तिम बैठक बसेको छ । बैठकले आजवाट कार्य समितिको पदावधि सकिएको भन्दै नयाँ नेतृत्व सहितको सञ्चालक समिति निर्माण प्रक्रिया सम्पन्न गर्नका लागी होमनाथ जैसीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । 
शुक्रबार निर्वाचन मण्डल गठन भए पनि प्रगतिनगरमा दुई साता अगाडीदेखि खानेपानी चुनावी चहल पहल बढेको छ । शुक्रबार दलदले स्थित साहारा पार्टी प्यालेसमा आयोजित नेकपाका कार्यकर्ताको भेलाले सकेसम्म खानेपानीको कार्य समिति वार्ता र संबाद बिधिबाट सर्बसम्मत बनोन सुझाव दिएको छ । सर्बसम्मतमा जाँदा अध्यक्षको दावी नछोड्न कार्यकर्ताले दवाव दिएका छन् । 
भेलाले प्रगतिनगरका साबि वडा नम्वर १ वाट खानेपानी कार्य समिति सदस्य पदमा वार्डको सर्ब सम्मत निर्णयबाट शिवलाल काफ्ले, २ बाट टोपनाथ न्यौपाने, ३ बाट सरस्वती अधिकारी, ४ बाट रुक्मागत भुसाल, ५ बाट यम बहादुर थापा, ७ बाट जीबलाल पाठक, ८ बाट टुपेन्द्र लामा र ९ बाट बीना बराल मगरलाई उम्मेदवारका रुपमा अघि सार्ने सार्बजनिक गरेको छ । त्यस्तै अध्यक्ष १ जनाका लागी ७ जना, सचिव १ जनाका लागी २ जना, लेखा संयोजक १ जनाका लागी १ जना, लेखा सदस्य खुल्ला १जनाका लागी २ जना र लेखा महिला सदस्यमा १ जनाका लागी १जनाा आकांक्षीहरुको नाम परेको खुलासा भएको छ ।
अध्यक्षका लागी आकांक्षी
१. खिमानन्द भुसाल
२ं टेक कहादुर बराल
३. रेशम चापागाई
४. पदम प्रसाद धिताल
५. हेमन्त कुमार श्रेष्ठ
६. ईन्द्रमणी भुसाल
७. नारायणदत्त भुर्तेल
सचिवमा आकांक्षी
१. ज्योतिलाल शर्मा
२ं सूर्य प्रसाद दवाडी
लेखा संयोजक
१. हुमाकान्त पराजुली
लेखा सदस्य खुल्ला
१. देबी प्रसाद सापकोटा 
२. रमण गौतम
लेखा सदस्य महिला 

१. जानकी तिमिल्सिना रेग्मी

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *