खगेन्द्र पराजुली
देवचुली, १२ जेठ
देवचुली १६ स्थित रजहरमा बसले साइकल यात्रीलाई ठक्कर दिएको छ । नारायणघाट बाट कावासोतीतर्फ आउँदै गरेको बा ४ ख ६६६६ नम्बरको बसले बाटो काट्ने क्रममा रहेको साईकललाई ठक्कर दिदा साईकल चालक घाइते भएका छन् । देबचुली नगरपालिका वडा नम्बर १७ कुजौँली का अन्दाजी ६० बर्षीय जिबन महतो घाईते भएका छन् ।
महतोको टाउको र शरिरमा चोट लागेको ईलाका प्रहरी कार्यलय रजहर स्रोतले जनाएको हो । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेलाई भरतपुर , पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment