Saturday, May 25, 2019

खगेन्द्र पराजुली
देवचुली, ११ जेठ
संघीय सरकारका उद्योग मन्त्री मातृका यादवले सरकारले आगामी आर्थिक वर्षदेखि नै धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने बताएका छन् । 
शनिबार मन्त्री यादब सहितको टोलीले नवलपुरको धौवादीमा  रहेको देशकै ठुलो फलाम खानीको अवलोकनका क्रममा  निजी र सरकारी  दुबैको लगानी सहितको सहकार्यबाट ब्यवसायिक उत्पादनको ब्यवस्था गर्न सकिने धारणा ब्यक्त गरे । 
तस्वीर सौजन्य– रुक्मागत भुर्तेल
सासद तिलक महत, नेकपा केन्द्रीय सदस्य किसन शर्मा गैह्रेसहित धौवादी पुगेका उद्योगमन्त्री यादवले सरकारले आगामी आर्थिक वर्षदेखि धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । आर्थिक बर्ष ०७६÷०७७ को बजेट आउने मिति नजिकिदै गर्दा  उद्योग मन्त्रीबाट देशकै ठुलो फलामखानी अवलोकन हुँदा यस पटक नवलपुरको धौवादीमा रहेको फलामखानी क्षेत्र सरकारको निति तथा कार्यक्रममा पर्नेमा नवलपुरबासी अत्यन्त आशावादी देखिएका छन् । 
तस्वीर सौजन्य– रुक्मागत भुर्तेल
केही समय अगाडी सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा भएको थियो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *