खगेन्द्र पराजुली
देवचुली, ११ जेठ
नवलपुरको देवचुली १७ स्थित पिप्रहर सामुदायिक होमस्टेमा एक दिने सामुदायिक सौदावाजी सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराले आज स्थानीय स्तरको एक दिवसीय गोष्ठी सम्पन्न गरेको हो ।
नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सु्रक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा ब्यवसायजन्य सुरक्षा बिभागद्धारा सञ्चालित गोष्ठीको उद्घाटन संघीय साँसद तिलक महतले गर्नुभएको थियो ।
उद्घाटनमा बोल्दै साँसद महतले नवलपु्र जिल्ला गण्डकीे प्रदेशकै दोश्रो ठूलो औधोगिक क्षेत्र भएकोले यसले धेरै मजदुरहरुको रोजगारीको ग्यारेण्टी गरेको दावी गर्नुभयो । साँसद महतले अव यहाँको श्रमशक्तिलाई ब्यवसायिक रुपमा कृषिमा प्रयोग गरेर स्वाबलम्वी रोजगारको सृजना गर्नेतर्फ लाग्ने बेला आएको जिकिर गर्नुभयो । मजरदुका धैरै अगाडी देखिको अधिकारको संघर्षलाई श्रम ऐन २०७४ ले समेटेको छ यो अधिकार प्राप्तिको निर्णयमा आफू समेत रहेकाले यहाँहरु माझ जानकारी गराएँ वहाले भन्नुभयो ।
एक दिवसीय गोष्ठीमा नवलपुरका उद्योगमा कार्यरत मजदुरलाई उद्योगमा सामुदायिक सौदावाजी गर्दा वा मागपत्र राख्दाका बिधि र प्रक्रियाका बारेमा जानकारी गराईएको अखिल नेपाल औधोगिक मजदुर संघ केन्द्रिय सदस्य नेत्र सुनारले जानकारी दिनुभयो ।
गोष्ठीका प्रशिक्षक श्रम तथा रोजगार कार्यालय पोखराका प्रदेश स्तरीय कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन श्रम तथा रोजगार कार्यालय पोखराका शाखा अधिकृत बिन्दु भण्डारीले गर्नुभएको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment