Sunday, May 26, 2019

खगेन्द्र पराजुली
देवचुली, १२ जेठ
दलदलेमा कृषि उपज केन्द्र तथा हाट बजार भवनको शिलान्यास भएको छ । आइतबार कृषि उपज केन्द्र तथा हाट बजार भवनको शिलान्यास देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले गरेका हुन् । 
देवचुली नगरपालिकाको १३ नम्वर वडामा गरिएको शिलान्यासका क्रममा बोल्दै मेयर श्रेष्ठले कृषि उपज केन्द्र तथा हाट बजारलाई देबचुलीको आर्थिक पक्ष बलियो वनाउने बाणिज्यको एक अंगको रुपमा बिकास गर्नुपर्ने बताए । 

Photo: Choknarayan Bhusal
उनले अब्यवस्थित रुपमा रहेका हाट बजारलाई ब्यवस्थित गर्न चुनौती  रहेको बताउँदै सडक किनारामा थापिएका ब्यवशायलाई ब्यवस्थित गर्न नगरपालिका लागि परेको जिकिर गरे । 
शिलान्यास कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, देवचुली नगरपालिकाका प्रवक्ता तथा वडा नं. १३ का अध्यक्ष डिल बहादुर खत्री, बालमैत्री परामर्श दाता नारायण प्रसाद पौडेल, देबचुली उद्योग तथा बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका प्रदेश उपाध्यक्ष गौरीश्वर न्यौपाने, लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

Photo: Choknarayan Bhusal
कृषि उपज केन्द्र तथा हाट बजार भवन निर्माणको साझेदारी देवप्रगति बहुउदेश्यीय सहकारी संस्था दलदले र गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय मालेपाटनले गर्ने भएका छन् भने  देवचुली नगरपालिकाको समेत सहयोग रहने जनाईएको छ ।
साझेदारी मध्येको स्थानीय देव प्रगति बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुकुम बहादुर सुवेदीले १५ मिटर लम्वाइ र ६ मिटर चौडाईका ५ वटा भवन संरचना प्रदेश सरकारको  २४ लाख रुपैया र देबप्रगति सहकारीको ४ लाख २७ हजार ७ सय ८४ रुपैयामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वताए । उनका अनुसार सार्वजनिक शौचालय निर्माण र सरसफाई ब्यवस्थापनमा नगरपालिकाले ३ लाख रुपैया सघाउने भएको छ । 
शुक्रबारे हाटबजारदेखि उत्तरतर्फ र देवचुली उद्योग तथा बाणिज्य संघको कार्यालय भवन देखि दक्षिणतर्फ दलदलेका बिश्वनाथ न्यौपानेको नाममा रहेको उक्त ३ कठ्ठा जग्गा २० वर्षका लागि  लिज (भाडा)मा लिने सम्झौता भएको देब प्रगति सहकारी संथाका सदस्य चोकनारायण भुसालले बताए । सो जमिनको भाडा वापत बार्षिक पचासी हजार रुपैया जग्गाधनीले बुझिलिने सम्झौता भएको जग्गा मालिक बिश्वनाथ न्यौपानेले बताए । 
आज सिलान्यास भएको परियोजना असार ५ गते सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *