Thursday, May 30, 2019

खगेन्द्र पराजुली
कावासोती, १६ जेठ
नेपाल सरकारवाट आएका रकम र आन्तरीक श्रोतवाट जम्मा भएका रकम स्थानीय तहमा रहेको संचित रकमलाई  बजेटिङ्, एकाउण्टिङ् र एकिकृत प्रतिवेदनमा एकरुपता ल्याउने उदेश्यका साथ स्थानीय संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) जिल्लास्तरीय प्रशिक्षण कावासोतीमा शुरु भएको छ । 
आजबाट शनिवारसम्म चल्ने तालिममा प्रत्येक पालिकाबाट लेखाप्रमुख, योजना प्रमुख र लेखा सहायक कम्प्युटर अपरेटर ३ जना  गरी नवलपुरका आठ वटै स्थानीय तहका २४ जनालाई लक्षित तालिम सञ्चालन भएको हो । 
photo: Dhanu bhusal
नेपाल सरकार अर्थ मन्त्रालय मार्फत महालेखा नियन्त्रक कार्यालयको आयोजनामा कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) नवलपुरको समन्वयमा सञ्चालित तालिममा सरकारले ७ सय ५३ वटा स्थानीय सरकार र ७ वटा प्रदेश सरकार गरी ७ सय ६० वटै निकायको वजेटिङ् सर्भिस डेलिभरीको पाटोलाई वेबमा आधारित रहेर तथा स्थानीय संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) मा रहेर गर्नुपर्ने कामकार्यवाहीका विषयमा सिकाइने कोलेनिका नवलपुरका प्रमुख कोष नियन्त्रक मोहशरण भण्डारीले वताए । 
उनले स्थानीय संचित कोष ब्यवस्थापन प्रणालीको छोटो रुप सुत्र अन्तर्गत सबैको आर्थिक शाखा चुस्त, दुरुस्त र पारदर्शी राख्न सहज हुने वताउँदै बजेट बनाउने बेलामा जुन जुन शिर्षकमा बजेट बनेको हुन्छ त्यही शिर्षकमै वजेट खर्च गर्नुपर्ने हुन्छ अन्य शिर्षकमा वजेट लैजानुपरे वा रकमान्तर गर्नु परे प्रक्रियागत रुपमा सभा वा परिषद् वसेर गरेको निर्णय अनुसार गर्नुपर्ने हुन्छ । अन्यथा शिर्षकभन्दा वाहिर गए निकासा समेत रोकिने जानकारी गराए । 
कार्यक्रममा शुभकामना भनाई राख्दै जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद लम्सालले वजेट सर्भिस डेलिभरीको पाटो अत्यन्त चुनौतीपूर्ण रहेकोले बित्तीय प्रणालीलाई ई–ट्रयाकबाट सञ्चालन गर्दा पारदर्शी हुने हुँदा यो तालिम अत्यन्त महत्वपूर्ण रहेको वताए । 
अहिलेसम्म नवलपुरका ६ वटा पालिकामा सुत्र प्रयोगमा आएको छ । इन्टरनेट लगायतको प्राबिधिक कारणले गर्दा २ वटा स्थानीय तहमा भने सुत्र प्रयोगमा आईनसकेको प्रमुख भण्डारीले जानकारी दिए । उनले आगामीे आर्थिक वर्षबाट उक्त २ वटा पालिकामा पनि यो प्रणाली प्रयोगमा आउने बताए । महालेखा नियन्त्रक कार्यालयले सुत्र प्रयोगमा अनिवार्यता गर्दै गर्दा केही स्थानीय निकायका मेयर एवं अध्यक्षहरुले यसको बिरोध गरेका छन् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *