खगेन्द्र पराजुली
देवचुली, १६ जेठ
देवचुली, १६ जेठ
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका वडा न १ हमाल चोकमा भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । अहिले भर्खर पौने बाह्र बजेको समयमा वस र ट्रक एक आपसमा ठोक्किएका हुन् ।
पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको ना ४ प ५२९५ नम्वरको बस र पूर्ववाट पश्चिमतर्फ जादै गरेको ना २ ख ४८९० नम्वरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । ३ जनालाई उपचारका लागी भरतपुर स्थित पुरानो मेडिकल कलेजमा पुर्याइएकोमा २ जना घाइते महिलालाई अस्पतालले मृत घोषणा गरेको र १ जनाको सोही अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
त्यस्तै ७ जनालाई उपचारको लागी भरतपुर स्थित नयाँ मेडिकल कलेज (सि एम सी) र १३ जनालाई भरतपुरकै मनकामना अस्पतालमा लगिएको वताईएको छ । पूर्ण विवरण आउन बाँकी रहेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment