खगेन्द्र पराजुली
कावासोती, १५ जेठ
गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति नवलपुरले १२ औं गणतन्त्र दिवस हिजो देखि बिहीवारसम्म ३ दिन भब्य रुपमा मनाउने भएको छ ।
जिल्ला समन्वय समिति वर्दघाट पूर्व नवलपरासीका प्रमुख चेसराम आलेका अनुसार हिजो बेलुका ७ बजे सबै सरकारी कार्यालयमा दिपावली भएको छ वहाँले दिपावली ३ दिनै गरिने बताउनुभयो । आज बिहान कावासोतीको फलफूल चोकदेखी कावासोती नगरपालिकाको प्राङ्गणसम्म प्रभातफेरी सम्पन्न गरी कावासोती नगरपालिकाको सभाहलमा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन प्रदेश साँसद ओमकला गौतमले गर्नुभएको हो । कार्यक्रममा जिल्ला प्रशासा कार्यालय प्रमुख दिपकराज नेपाल, उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष डाँसुराज पोख्रेल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि कावासोतीमा रहेका बिद्यालयका प्रधानाध्यापक शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक चेसराम आलेले गर्नुभएको थियो । कार्यक्रममा स्वागत कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुनले गर्नुभएको थियो भने सञ्चालन जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद लम्सालले गर्नुभएको थियो ।
त्यस्तै आजै नवलपुरको देवचुली नगरपालिकाले जिल्लाका पहाडी नाका प्रबेशद्धार दलदले वजार क्षेत्र सरसफाई गरेको छ । गणतन्त्र दिवसका अवसरमा बिहानै आयोजित सरसफाई कार्यक्रममा देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ, उपमेयर पार्वती तिवारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालको उपस्थिति रहेको थियो ।
मुख्य बजार दलदलेमा बिहानै जनप्रतिनिधिहरु समेत सरसफाइमा खटिएका थिए । सरसफाई अभियानमा देवचुली उद्योग तथा बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, वडाका जनप्रतिनिधि, नगर वडाका विषयगत फाँटका कर्मचारी, प्रहरी, औधोगिक सुरक्षा वल, बजार ब्यवस्थापन समितिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment