खगेन्द्र पराजुली
कावासोती, १५ जेठ
एक्सन एगेन्ट्स हंगरले सार्वजनिक गरेको पोषण सम्वन्धि तथ्याङमा नवलपुर समग्र नेपालकै अवस्थामा नाजुक देखाएको छ । देशकै समग्र तथ्याङ्कमा नवलपुरका १० देखी १४ प्रतिसत बालवालिकामा कुपोषण रहेको छ । यो २०७४ बैशाखदेखि २०७६ बैशाख सम्मको अध्ययन प्रतिवेदन रहेको वताईएको छ । त्यस्तै गण्डकी प्रदेशमा भने नवलपुर मध्यम रहेको छ ।
त्यस्तै नवलपुरमा कुपोषणका कारणले ख्याउटे बच्चा १४ दशमलव ५ प्रतिसत रहेका छन् भने प्रदेशमा यसको दर ५ दशमलव ८ प्रतिसत रहेको छ । कुपोषणका कारणले ख्याउटे हुने सम्भावना नवलपुरमा ७ जना बालवालिकामध्ये १ जनामा देखिएको छ । कुपोषणकै कारण जिल्लामा पुड्को हुने २५ दशमलव ७ प्रतिसत छन् भने प्रदेशमा २८ दशमलव ९ प्रतिसत रहेको छ प्रत्येक ३ वच्चामध्ये १ जनामा पुड्कोपनको अवस्था देखिएको प्रतिवेदनले देखाएको छ भने कुपोषणकै कारणले कम तौल हुनेको प्रतिसत दर २९ दशमलव ८ नवलपुर जिल्लाको हो भने गण्डकी प्रदेशमा १४ दशमल ९ प्रतिसत छ । यो अनुपातमा समग्रमा कमतौल हुने बच्चाको सम्भावना ४ जनामा १ जनाको रहेको जनाएको छ ।
कार्यक्रममा नवलपुरका १४ वटा सरकारी स्वाथ्य प्रदायक स्थानमा कुपोषण सम्वन्धि बहिरंग उपचार केन्द्र रहेको र एक ठाउँमा अन्तरंग सेवा समेत रहेको जानकारी गराईएको थियो । जिल्लाभरका स्वास्थ्य संस्थाको अभिलेखिकरण अनुसार २०७४ बैशाख देखि २०७६ सम्म ५ सय ४० जना कुपोषणका बिरामी भर्ना भएकोमा ३ सय ७९ जनालाई निको पारिएको, डेफल्टरमा १२ जना र उपचाररत १ सय ४९ जना रहेका छन् । जिल्लाका ३ दर्जन पत्रकारहरु उपस्थित कार्यक्रमको सहजीकरण एक्सन एगेन्ट्स हंगरका रञ्जन कपाली र फिल्ड म्यानेजर दिल बहादुर खड्काले गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख खेम के.सी.को उपस्थिति रहेको थियो । जिल्लास्थित क्रियाशील पत्रकारलाई एक्सन एगेन्ट्स हंगर नामक संस्थाले अभिमुखीकरण गरी नवलपुरको पोषणको लेखाजोखा सम्वन्धि तथ्याङ्क सहित प्रतिवेदन प्रस्तुतिकरण गरेको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment