दिपक शर्मा
देवचुली, १४ जेठ
पछिल्लो समय किशोरीहरुमाथि भएको हिंसा, दुव्र्यवहार, भेदभाव तथा असमानताको अन्त्यको लागि नवलपुरको देवचुलीमा सञ्चालन रहेको किशोरी शसक्तिकरण कार्यक्रममा आबद्ध किशोरीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम आजबाट चितवनको सौराहामा सुरु भएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कन्नालनको सहयोगमा विगत १ वर्षदेखी नवलपुरको देवचुली नगरपालिकामा यो कार्यक्रम सुरु भएको र पहिलो वर्षको निरन्तरताको साथै दोस्रो वर्षका नयाँ किशोरी अभियन्ताहरुको लागि यो तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
देवचुली नगरपालिकाका सवै वडाहरु र सामुदायिक तर्फका माध्यमिक तहमा अध्ययनरत किशोरीहरुलाई बिभिन्न क्षमता विकासको तालिमहरु सञ्चालन गरि हिंसा, दुव्र्यवहार, जोखीमबाट बच्नको लागि आत्मरक्षा तालिमको साथमा नेतृत्व विकास सम्बन्धी तालिमहरु प्रदान गरी उनीहरुद्धारा नै विद्यालयस्तर र समुदायस्तरसम्म अभियान सहित कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको परियोजना संयोजक श्रद्धा बर्माले बताउनुभयो ।
दोस्रो वर्षको लागि १७ जना किशोरीहरु र पहिलो वर्षका १३ जना किशोरीहरुलाई तालिम प्रदान गरी देवचुली नगरपालिकाका सत्रै वडा र सवै विद्यालयका किशोरकिशोरी, जनप्रतिनिधी र सरोकारवालालाई विषयवस्तुको बारेमा साथी समुहको रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाईएको आयोजकले जनाएको छ । किशोरीमाथी हुन सक्ने हिंसा, दुव्र्यवहार अन्त्यको कार्यक्रमले सहयोग गर्ने महिला अधिकारकर्मी एवम परियोजना सल्लाहकार समितिका सरिता शर्माले बताउनुभयो ।
कार्यक्रममा १७ जना किशोरी अभियन्ता सहित विद्यालयका फोकल शिक्षकहरु र पहिलो वर्षका किशोरी अभियान्ता गरी ३० जनाको सहभागिता रहेको छ । तालिम ५ दिनसम्म चल्नेछ ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment