खगेन्द्र पराजुली
१६ जेठ, नवलपुर
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका वडा न १ हमाल चोकमा भएको सडक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आज बिहान वस र ट्रक एक आपसमा ठोक्किएका हुन् ।
पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको ना ४ प ५२९५ नम्वरको बस र पूर्ववाट पश्चिमतर्फ जादै गरेको ना २ ख ४८९० नम्वरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । साथै पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको ना ५१ प ५११० नं.को मोटरसाईकल समेत ट्रकको पछाडी ठक्कर खाएको प्रहरीले जनाएको छ ।
तीन जनालाई उपचारका लागी भरतपुर स्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएकोमा २ जना र मनकामना अस्पतालमा १ जना गरी ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा गैंडाकोट १८ की अन्दाजी ६५ वर्षकी कुमारी सुनारी र गैडाकोट १८ कै अन्दाजी ७० वर्षकी जमुना मापछन रहेका छन् भने नामथर ठेगाना नखुलेकी अन्दाजी ३५–४० वर्षकी एक महिलाको उपचारको क्रममा मनकामना अस्पतालमा मृत्यु भएको जनाइएको छ । अहिले घाइतेहरु १ जनाको पुरानो मेडिकल कलेज, ९ जनाको नयाँ मेडिकल कलेज (सि एम सी) र ११ जनाको मनकामना अस्पतालमा र एक जनाको प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्र.ना.उ. अर्जुन रानाभाटले जानकारी दिनुभएको छ ।
ट्रक चालक चितवन कालिका न.पा. ५ पदमपुर का २६ बर्षीय फडिण्द्र चौधरी इलाका प्रहरी कार्यालय रजहरको नियन्त्रणमा रहेको र बस चालक फरार रहेकोले खोजतलास कार्य भैरहेको प्रहरीले वताएको छ । घटनास्थलमा अहिले दुबै सवारी साधनहरु साईड लागाई बाटो सुचारु भएको छ ।
नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाईतेहरूको बिबरण
१) जि.न.प.पुर्ब कावासोती न.पा.२ बस्ने बर्ष ३८ को अनिता भण्डारी टाउको ,गालामा चोट अवस्था मध्यम
२) ऐ.गैडाकोट भेडाबारी बस्ने बर्ष ५८ को होम ब.पाटा टाउकोमा चोट मध्यम
३) ऐ.देबचुली १७ पिप्रहर बस्ने बर्ष ४० की शुसिला महतो टाउको, दाहिने खुट्टामा चोट मध्यम
४) ऐ.गैडाकोट १४ अमरापुरी बस्ने बर्ष ५९ को ईन्द्र बहादुर सुनारी हातखुट्टामा चोट सामान्य
५) ऐ.कावासोती १३ बस्ने बर्ष १८ को मनिस गुरुङ हातखुट्टामा चोट सामान्य
६) जि.चितवन कालिका न.पा.९ शक्तिखोर बस्ने बर्ष ५० की शुसिला गुरुङ
७) ऐ.ऐ.बस्ने बर्ष २५ की सृजना गुरुङ टाउकोमा चोट सामान्य
८) ऐ.ऐ.बस्ने बर्ष २ को साईमन गुरुङ सामान्य
९) जि.न.प.कावासोती न.पा.४ बस्ने बर्ष ७० को बाबुराम लोहनी मध्यम
पुरानो मोडिकल भतरपुरमा उपचाररत घाईतेहरु को बिबरण
१) जि.न.प.पुर्ब गैडाकोट १४ बस्ने बर्ष अं.६५ कि कुमारी सुनारी (मृत्यु)
२) ऐ.गैडाकोट न.पा.१८ बस्ने बर्ष अं.७० कि जमुना मापछन (मृत्यु)
३) नामथर,वतन नखुलेको अं.बर्ष ६०।६५ को पुरुष ब्यक्ती (गम्भिर)
मनकामना अस्पताल भरतपुरमा उपचाररत घाईतेहरुको बिबरण
१) जि.न.प.पुर्ब कावासोती बस्ने बर्ष कि बिमला के.सी. अवस्था मध्यम
२) ऐ.ऐ.बस्ने बर्ष ३० को दिपक के.सि.अवस्था मध्यम
३) ऐ.देवचुली न.पा. बस्ने बर्ष नखुलेको जसबहादुर अधीकारी सामान्य
४) ऐ.ऐ. बस्ने बर्ष ३७ को रामु काफ्ले सामान्य
५) ऐ.कावासोती न.पा.४ बस्ने बर्ष ३५ कि देबि गुरुङ सामान्य
६) ऐ.देवचुली न.पा.१३ बस्ने बस्ने बर्ष ३६ कि सपना काफ्ले सामान्य
७) जि.चितवन खुरखुरे बस्ने बर्ष ३७ कि अप्सरा उप्रेती मध्यम
८) ऐ.गितानगर बस्ने बर्ष २५ को राजन अधिकारी मध्यम
९) जि.चतवन सिमलटाडी बस्ने बर्ष १९ को सागर काफ्ले
१०) जि.न.प.पुर्ब देबचुली न.पा.२ दुम्कौली बस्ने बर्ष ३० को कृष्ण नेपाली मध्यम
११) ऐ.ऐ.१६ रजहर बस्ने बर्ष ६३ कि प्रिति तामाङ मध्यम
१२) नामथर वतन नखुलेकी बर्ष अं.३५।४० कि महिलाको उपचारको क्रममा ऐ.अस्पतालमा मृत्यु भएको ।
प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचाररत घाईते को बिबरण
१) जि.न.प.कावासोती १६ बस्ने बर्ष १८ कि दिपा देवकोटा हातखुट्टामा चोट सामान्य
दुर्घटना अपडेट स्रोतः जिल्ला प्रहरी कार्यालय नवलपुर, दिउँसो २ वजेर ४३ मिनेट जाँदाको बिवरण
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment