खगेन्द्र पराजुली
देबचुली, १७ जेठ
नवलपुरको देबचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले शिलान्यास भएको ४२ दिनमै डिप बोरिङ् निर्माण कार्य सम्पन्न भएको छ भने ओभरहेड खानेपानी ट्यांकी निर्माण कार्य सुचारु रहेको छ ।
तराई मधेश संमृद्धि कार्यक्रम अन्तर्गत स्वीकृत योजना अनुसारको प्रथम चरणको काम आज सम्पन्न भएको खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी गराउनुभएको हो । कार्यालय परिसरमा ४ सय ५० घन मिटर क्षमताको ओभरहेड खानेपानी ट्यांकी र डिप बोरिङ्को सिलान्यास गत बैशाख ६ गते संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डितले गर्नुभएको थियो । निर्माणधिन परियोजना तराई मधेश संमृद्धि कार्यक्रम अन्तर्गतको २ करोड ६१ लाख रुपैया लागतमा निर्माण भइरहेको अध्यक्ष भुसालले जानकारी गराउनुभएको हो ।
त्यस्तै ४ दिने योजना निरिक्षणको क्रममा बुधवार आएका जाइकाका प्रतिनिधि सातोरु ओनिकी, यूसाकु नुमाजिरी, ईन्जिनियर दिपक सुवेदी, स्वीस गौचनको टोलीले प्रगतिनगरको खानेपानीको अवस्थाको निरीक्षण गरेका छन् । बिहिवार जाईका टोलीसँग सेडीमन्टेसन, रफिङ स्लोस्याण्ड क्लोरिनेशन युनिटको सञ्चालन विधि निरिक्षण पश्चात अन्तरक्रिया गरेको थियो । अन्तक्रियामा देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल , ईन्जिनियर टिकाराम बस्याल, प्रगतिनगर खानेपानीका अध्यक्ष खिमानन्द भुसाल उपाध्यक्ष रुक्मागत भुसाल, सचिव ईन्द्रमणि भुसाल कोषाध्यक्ष विना बराल, लेखा संयोजक मथुरा प्रसाद श्रेष्ठ , सल्लाहकार तिल प्रसाद काफ्ले र कार्यालय प्रमुख पुमकान्त बसेल सहितको उपस्थितिमा योजनाको अनुगमनको उद्देश्य माथि जानकारी गराईएको थियो । अन्तक्रियामा आगामी दिनमा नगरपालिकाले योजनाको लागत अनुमान गर्दा खानेपानीमा हुन सक्ने क्षतिको ख्याल गर्दै लागत वजेटमा समेट्नुपर्ने सुझाव समेत रहेको छ । जाईका टोलीले प्रगतिनगर खानेपानीको योजनाको निरीक्षण भोलीसम्म गर्ने जनाईएको छ ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment