खगेन्द्र पराजुली
१५ असार, देबचुली
डेंगु ज्वरो नियन्त्रणका लागी लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान अन्तर्गत आज देबचुलीका तीन स्थानमा स्थलगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज देबचुलीका ३ वटा सरकारी संस्थाको संयोजनमा तथा नगर स्वास्थ्य शाखाको आयोजनामा अभियान भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, देबचुली स्वास्थ्य चौकी रामवास र रजहर स्वास्थ्य चौकी रजहरको संयोजनमा सचेतनामूलक अभियान गरेको देबचुली नगर स्वास्थ्य शाखाका संयोजक शिव पराजुलीले जानकारी दिनुभयो ।
गर्मी र बर्षातको समयमा अत्याधिक मात्रामा लामखुट्टेको बृद्धि बिकास हुने भएकाले लामखुट्टेका कारणले डेंगु ज्वरो पैलिने प्रबल सम्भावना समेत हुदा यसको न्यूनीकरणका लागी अभियान थालिएको संयोजक पराजुलीले बताउनुभयो ।
सचेतनामूलक अभियानमा प्राथमिक स्वास्थ्य केन्द्रले पुर्बपश्चिम लोकमार्ग अन्तर्गत बौलाहाखोला देखि मुकुण्डे खोलासम्म, देबचुली स्वास्थ्य चौकीले मुण्डेदेखि भीमसेन स्कुलसम्म र रजहर स्वास्थ्य चौकीले मुकुण्डे खोलादेखि झराही खोलासम्म का होटल, टायर पसल लगायत सार्बजनिक ठाउँमा देखिएका पानी जम्ने खालका सामाग्रीहरु जस्तै टायर, टिनका डब्बा, ड्रम, फूलदानी जस्ता भाँडाकुँडामा जमेको पानीलाई नजम्ने ठाउँमा पोख्दै सरसफाईमा ध्यान दिन र सचेत हुन समेत आग्रह गरिएको थियो ।
अभियानमा वडाका बडाध्यक्षहरु, समाजसेबी, टोल सुधार समितिका पदाधिकारीहरु, आमा समूह, स्थानीय स्तरका संघसंस्थाका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सचेतनामूलक अभियानमा डेंगु ज्वरोको परिचय, डेंगु ज्वरोका लक्षणहरु, यसवाट बच्ने उपाय लगायत समेटिएको पर्चार सामाग्री बितरण गरिएको थियो । अभियान अन्तर्गतको भोलीको कार्यक्रम प्रगतिनगर स्वास्थ्य चौकीको संयोजनमा दलदलेबाट शुरु गरिने जनाइएको छ ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment