खगेन्द्र पराजुली
१६ असार, कावासोती
नेपाल सरकारबाट बिशेष चलचित्र अवार्ड प्राप्त गरेको चलचित्र अग्निदहन कावासोतीमा प्रदर्शन गरिएको छ । नेपाली समाजमा ब्याप्त रहेको कुप्रथाबिरुद्ध बिशेष गरी बोक्सीप्रथा बिरुद्ध जागरण तथा सचेतना ल्याउने उदेश्यले निर्माण गरिएको चलचित्र अग्निदहन प्रदर्शन गरिएको मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको दावी रहेको छ ।
राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोबिदशरण उपाध्यायले सिनेमा प्रदर्शनका अलावा सामाजिक कुरिति, बिसंगती, कुप्रथा एवं रुढीबादी र अन्धबिश्वासका बिरुद्ध फरक–फरक ढंगबाट सचेतना तथा जागरणका कार्यक्रमहरु गर्दै आएको जनाउँदै जनचेतनामुलक गीतहरु उत्पादन एवं प्रसारण, धामीझाक्रीलाई सचेतना तथा खवरदारी, बोक्सी ऐन २०७२ प्रकाशन तथा बितरण बिद्यालयहरुमा समेत सचेतनामुलक निबन्ध, बादबिवाद कविता बाचन लगायतका प्रतियोगितात्मक गतिबिधि अभियानमा समाबेश गरिएको वताउनुभयो ।
चलचित्र प्रदर्शन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका गण्डकी प्रदेशका साँसद रोशनबहादुर गाहाले सामाजिक कुरिति, कु–सस्कार र अन्धबिश्वासका साथ अगाडी बढिरहेको हाम्रो समाजमा अभियानकै रुपमा सबै मिलेर यसको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
२०७० सालमा पोखरा महानगरपालिका वडा नम्वर २५ हेम्जामा स्थापना भएको मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले बिक्रम सम्वत् २०८५ भित्रमा नेपालबाट अभियानमार्फत बोक्सीप्रथा उन्मुलन गरिछाड्ने लक्ष्य रहेको अभियानका सल्लाहकार शोभाकर भण्डारीले बताउनुभयो ।
१ घण्टा ५० मिनेटको चलचित्र अग्निदहनमा प्रकाश घिमिरे, अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुङ, नबिन घायल, तुलसा क्षेत्री, बिष्णु बास्तोला लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र ८२ लाख रुपैयाको खर्चमा निर्माण भएको जनाईएको छ । चलचित्रमा अहिले अंग्रेजी भाषामा सबटाइटल रहेको छ भने भोजपुरीमा अनुवाद गर्ने तयारी भैरहेको प्रतिष्ठानले जनाएको छ ।
यो चलचित्र ब्यवसायिक र नाफामुलक नभई बिशुद्ध सामाजिक सचेतनामुलक सिनेमा रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । वहाँका अनुसार यस चलचित्रका बारेमा जापानको एन्एच्के वल्ड टेलिभिजन, अफ्रिकाको एक टेलिभिजन र क्यानाडाका अर्को एक टेलिभिजनले रिसर्च गरिरहेको वताउनुभयो ।
राष्ट्रपति बिद्यादेबी भण्डारीबाट २०७४ भदौ १६ गते भएको प्रदर्शनको उद्घाटनपछि अन्तराष्ट्रिय नारी दिवसका अवसरमा २०७५ फागुन २४ गते बालुवाटारमा प्रधानमंत्री केपी शर्मा ओली, मन्त्रिपरिषद् प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसदहरुद्धारा समेत सिनेमा अवलोकन भएको थियो । गत जेठ २२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित मन्त्री एवं साँसदले अग्निदहन दृश्यावलोकन गरेका थिए ।
अग्निदहन अहिलेसम्म गण्डकी प्रदेशका मनाङ र कास्की बाहेक सबै जिल्लामा प्रदर्शन भैसकेको र भोली कास्कीमा प्रदर्शन हुने अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । मनाङमा भने मौषमका कारण अहिले चलचित्र देखाउन नसकिएको हो । देशैभरीका ७७ बटै जिल्लामा चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखेको प्रतिष्ठानले गण्डकी प्रदेश बाहेकका १८ जिल्लामा अग्निदहन प्रदर्शन गरिसकेको जनाएको छ ।

admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment