Tuesday, July 2, 2019

खगेन्द्र पराजुली
१६ असार, देबचुली
देवचुली नगरपालिका वडा नम्वर १४ ले वडाभित्रका अपाङ्ता भएका ब्यक्तिका लागी सहयोगी सामाग्री प्रदान गरेको छ । सोमवार दलदलेमा आयोजित क्षमता बिकास तालिमसँगै सहयोगी सामाग्री हस्तान्तरण गरेको वडा सदस्य एवं जिल्ला खेलकुद बिकास समिति नवलपुरकी सदस्य चन्द्रा लम्सालले बताउनुभयो ।

तालिम एवं सामाग्री बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका वडाध्यक्ष हेमराज दवाडीले शारीरीक रुपमा कमजोर हुदैमा कोही कमजोर नहुने भन्दै अवसर र हौसला प्रदान गर्दै जाने हो भने अपाङ्ग भएकाले पनि समाजका लागी योगदान पुर्याउन सक्छन्  भन्ने धारणा ब्यक्त गर्नुभयो । वडाध्यक्ष दवाडीले अपाङ्ग भएकालाई घर, समाज लगायत कही कतैबाट पनि भेदभाव नगर्न आग्रह गर्दै उनीहरुलाई सबै क्षेत्रबाट प्रोत्साहन गर्न जरुरी भएकाले वडाले सम्मान गरेको र यो क्रमलाई आगामी दिनमा समेत अगाडी बढाउँदै लैजाने बताउनुभयो । 

कार्यक्रममा वडाभित्रका २९ जना फरक क्षमता भएका ब्यक्तिहरुलाई तालिम प्रदान गरिएको थियो । २९ जनामध्ये २ जनालाई ह्वील चियर, १ जनालाई बाद्य सामाग्री र बाँकी अन्यलाई पोषणयुक्त सामाग्री प्रदान गरेको वडासदस्य लम्सालले जानकारी दिनुभयो । 

कार्यक्रमको अध्यक्षता अपाङ्गता पुनर्स्थापना केन्द्र नवलपुरका अध्यक्ष सागर लुईटेलको अध्यक्षतामा भएको थियो । 
कार्यक्रमको आयोजना अपाङ्गता पुनस्र्थापना केन्द्र नवलपुरले गरेको हो भने देबचुली नगरपालिका वडा नम्वर १४ को चालु आर्थिक बर्षको कार्य योजना अन्तर्गतको आर्थिक सहयोगमा सम्पन्न भएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *