खगेन्द्र पराजुली
१७ असार, कावासोती
गैंडाकोट १४ की एक महिलाको आज करेन्ट लागेर ज्यान गएको छ । गैंडाकोट नगरपालिका १४ भेलनटाँडी स्थित आफ्नै घरमा करेन्ट लागेर ३२ बर्षिया यमुना घिमिरेको ज्यान गएको हो ।
बिहान धोएको कपडा बाहिरपट्टि टिनले छाएको पालीमा सुकाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीले मुसाले काटेको तार टिनमा छोईएर टिनमा करेन्ट प्रवाह हुनपुग्दा त्यही टिनमाथी चिसो कपडा सुकाउँदा करेन्ट लागेको जनाएको छ ।
घाइते यमुनालाई उपचारका लागी भरतपुर पुर्याइए पनि अस्पतालले पहिले नै ज्यान गएको जनाएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment