Tuesday, July 2, 2019

खगेन्द्र पराजुली
१७ असार, कावासोती

जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरले एस्ईई को जिल्लागत प्रारम्भिक तथ्याङ निकालेको छ । ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार जिल्लामा ४ मा ४ जिपिए समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले ल्याएको जनाउनुभएको छ । 

कुल ६ हजार ४ सय ७२ बिद्यार्थीमध्ये जिल्लाभरका बिद्यालयबाट ३.६ देखि ४ जिपीए ल्याउने २ सय ३२ बिद्यार्थी रहेका छन्  भने ३.२ देखि ३.६ सम्म भित्र ६ सय ५५ बिद्यार्थी परेका छन् । 
नवलपुरमा १ हजार १ सय ५५ जनाले २.८ देखि ३.२ सम्मको जिपीए प्राप्त गरेका छन् । त्यस्तै, २.४ देखि २.८ भित्र १ हजार ३ सय ६७ जना परेका छन् । २ देखि २.४ जिपीए १ हजार ४ सय ४६ जनाले ल्याएका छन् । 
जिल्लाको तथ्याङ्क अनुसार १.६ देखि २ जिपीए ल्याउने बिद्यार्थीको संख्या १ हजार १ सय ४५ रहेको छ । १.२ देखि १.६ भित्र २ सय ६४ जना परेका छन् । नवलपुरमा ०.८ देखि १.२ जिपीए ल्याउने बिद्यार्थी संख्या जम्मा ३ जना रहेको ईकाईले जनाएको हो । 
ईकाई प्रमुख पोख्रेलका अनुसार अनुपस्थित देखिएको संख्या १ सय ६७ रहेको छ भने ३८ जनाको नतिजा नै नदेखिएको जनाएको छ । 
इकाई प्रमुख पोख्रेलले यो प्रारम्भिक तथ्याङ्क भएकाले परीक्षा नियन्त्रण कार्यालयको आधिकारीक बिवरणसँग केही फरक परेपनि औषतमा नवलपुरको समग्र जिपीए २ दशमलव ५५ रहेको बताउनुभयो । 
जिल्लाको नजिताको जिज्ञासामा  जानकारी दिदै ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले जिल्लाको समग्र नतिजा राम्रो रहेको र नवलपुरमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुको नतिजामा समानता रहेको बताउनुभयो ।
जिल्लामा १० जना बिद्यार्थीले ३ दशमलव ९५ जिपीए ल्याएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *