खगेन्द्र पराजुली,
१८ असार, कावासोती
नवलपुरका भिन्दाभिन्दै २ स्थानमा सवारी दुर्घटना हुदाँ रजहरमा एक जनाको ज्यान गएको छ । आज बिहान साढे ३ बजेतिर चोरमारा र बिहान पौने ५ वजेतिर रजहरमा दुर्घटना भएको हो ।
रजहर चोकदेखि करीब ५ सय मिटर पूर्व पूर्व पश्चिम लोकमार्ग अन्तर्गत ओएसिस चोकमा बसले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्रीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करीव पौने पाँच बजेतिर पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु २ ख १४९३ नम्वरको वसले देबचुली १६ रजहरकी ७५ बर्षिया बृद्धा राधिका अधिकारीलाई ठक्कर दिदाँ घटनास्थमै वहाँको निधन भएको हो ।
अहिले शव परिक्षण (पोष्टमार्टम)का लागी प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगिएको छ भने वस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको एवं दुर्घटनाको अनुन्धान भैरहेको जनाईएको छ ।
त्यस्तै पूर्व पश्चिम लोकमार्ग अन्तर्गत नै चोरमारा स्थित फूलवारीमा २ वटा सवारी साधन एक आपसमा जुधेर भएको दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् भने अन्य १० जना सामान्य घाइते भएका छन् । चोरमारा प्रहरीका अनुसार आजै बिहान करीब साढे ३ बजे पश्चिमवाट पूर्वतर्फ जादै गरेको ना ७ ख ६३ नम्वरको ट्रक र विपरीत दिशा काठमाण्डौबाट सुर्खेतका लागी छुटेको बस फूलबारीमा ठोक्किएर दुर्घटना भएको हो ।
गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र सामान्य घाइते यात्रुको प्रस्तावित जिल्ला अस्पताल मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भैरहेको प्रहरी कार्यालय चोरमाराका प्र.ना.नि भिम प्रसाद धितालले जानकारी दिनुभयो ।
दुबै सवारी साधनका चालक र सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुन्धान भैरहेको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment