Wednesday, July 3, 2019



खगेन्द्र पराजुली
१८ असार, देबचुली
देबचुली नगरपालिका वडा नम्वर ९ मा चालु आर्थिक वर्षका २१ वटा योजनामध्ये सतप्रतिसत योजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७५–०७६ मा वडामा परेका सबै योजना सम्पन्न भएको भएपनि केही योजनाको बजेट निकासा गर्न भने बाँकी रहेको वडा नम्वर ९ का वडाध्यक्ष मेख बहादुर सारुले बताउनुभयो । 

वडाध्यक्ष सारुले अपाङ्ग सहयोग, आकस्मिक बिपत ब्यवस्थापन सहयोग, मिलन टोलमा र ३ घरे टोलमा कल्भर्ट निर्माण, कालिका माबिको ट्रस निर्माण, खेलकुद तथा युवा अन्तर्गत भलिवल फुटवल कोर्ट निर्माण तथा तालिम, घुमाउरी आँपचौर नहर, चिप्ले कुलो निर्माण, जनजाति भवन निर्माण, ढुंगा माटो निस्काशन बापतको रकमवाट सञ्चालित कार्यक्रम, तीनघरे टोल बाटो स्तरोन्नति, देउराली कालिका मार्ग, नागाडी आपँचौर कुलो तथा तिनघरे थुम्की कुलो मर्मत, कृषि हरियाली मार्ग स्तरोन्नति, मनकामना प्राबि भवन मर्मत, मिलन टोल बाटो स्तरोन्नति, वडा कार्यालय भवन निर्माण, बन तथा भु–संरक्षणसँग समन्वयात्मक कार्यक्रम, शिवालय मन्दिर संरक्षण, सुनौला हजार दिन कार्यक्रम, संस्कृति संरक्षण बाद्यबादन खरिद, सर्बजित रानाको घरदेखि पंगेनी चोकसम्मको बाटो कालोपत्रे कार्य सम्पन्न भएको वताउनुभयो ।

चालु आर्थिक वर्षमा वडामा बिनियोजन भएको ५२ लाख रुपैया बजेटबाट  २१ वटा योजना सञ्चालन भएको वताउँदै नगरपालिकाबाट घुमाउरी आँपचौर कुलोका लागी नगरको आन्तरीकबाट ४ लाख रुपैंया र पुनः नगरवाटै आन्तरीक ५० हजार रुपैंयाले बेमौसमी तरकारी खेतीका लागी टनेलको योजना सम्पन्न गरेकोे वडाध्यक्ष सारुले बताउनुभयो । 

त्यस्तै वडाध्यक्ष सारुले नगरपालिकामा आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको २७ लाख मध्ये वडा नम्वर ९ मा परेको ५ लाख रुपैयाले वडाका २५ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराई  काम गरेकोे उल्लेख गर्नुभएको छ । वहाँका अनुसार बिशालटार खानेपानीका लागी १ लाख २५ हजार रुपैयाँ बरावरको पाईप खरिद गरी बाँकी ३ लाख ७५ हजार रुपैयाँले कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरिएको जनाउनुभयो । । वडा नम्वर ९ मा १ सय ८५ जनाले बेरोजगार फारम भरेकोमा १ घर १ रोजगार अन्तर्गत रहेर २५ जनालाई संचालित प्रधानमंत्री रोजगार कार्यक्रममा सहभागी गराएको बताउनुभयो । सहभागीका लागी प्रतिदिन प्रतिब्यक्ति  ५ सय २५ रुपैया पारिश्रमिक उपलब्ध गराईने गरी काममा खटाईएको वडाध्यक्ष मेख बहादुर सारुले बताउनुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *