Thursday, July 4, 2019

खगेन्द्र  पराजुली
देबचुली, असार १९
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अहिले बिशालटार खानेपानी तथा सरसफाई संस्थाको समस्यामा पूरक बनेको छ । बर्षा लागेसँगै केही दिनदेखि धमिलो पानीको भरमा गुजारा चलाउन बाध्य बिशालटार खानेपानीका उपभोक्ताका लागी पायक पर्ने स्थानबाट २ वटा सार्बजनिक धारा जडान गरेर प्रगतिनगर खानेपानीले बिशालटारबासीलाई गुन लगाएको हो ।

बाटो निर्माणका क्रममा कावासोती कुम्सोत अन्तर्गतको बालुवाडाँडा नै काट्नुपर्ने भएपछि त्यहाको माटो बाढीले बगाउँदा बर्खा लागे सँगै लेदो आउने समस्या भोग्नुपरेको स्थानीयको गुनासो रहेको छ । 
हिजो मात्रै बिशालटार खानेपानी संस्थाका अध्यक्ष लिलाधर कंडेल तथा देबचुली वडा नम्वर ९ का अध्यक्ष मेख बहादुर सारुको गुनासो तथा अनुरोधलाई सम्वोधन गर्दै छिमेकी खानेपानी संस्था प्रगतिनगर खानेपानी संस्थाले प्रभावित क्षेत्रमा २ वटा सार्वजनिक धारा जडान गरेको प्रगतिनगर खानेपानी संस्थाका सचिव ईन्द्रमणि भुसालले बताउनुभयो । 
समुन्नत चोक र रावल चोकमा १–१ वटा सार्वजनिक धारा जडान गरी स्थानीयलाई पानी उपलब्ध गराएको जानकारी दिदै सचिव भुसालले भन्नुभयो – संस्थाको सार्बजनिक धारा बितरण गर्ने नीति नरहे पनि कहिलेकाँही परिस्थिति अनुसार चल्नुपर्ने रहेछ । पानी जस्तो स्वास्थ्य र जीवनसँगै जोडिएको बिषयमा पहिले समस्याको हल पछि छलफल हुने भन्दै मिटरमा लाग्ने महशुल भुक्तानी गर्ने  गरी धारा जडान गरेका हौं वहाँले भन्नुभयो  । 
५ सय ५५ उपभोक्ता रहेको बिशालटार खानेपानीका प्रयोगकर्ता उपभोक्तामध्ये १ सय हाराहारी उपभोक्ता २ वटा धारावाट लाभान्वित हुने बिशालटार खानेपानी संस्थाका अध्यक्ष लिलाधर कंडेलले बताउनुभयो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *