Sunday, June 30, 2019

खगेन्द्र पराजुली
१५ जेठ, देबचुली

नवलपुरबाट प्रतिनिधित्व गर्नुभएका गण्डकी प्रदेश साँसद रोशन वहादुर गाहाले आगामी आर्थिक वर्षको बजेटका बारेमा सदनमा छलफल भईरहेको बताउँदै अव छिट्टै टुंगोमा पुग्ने वताउनुभएको छ । 
साँसद गाहाले देबचुली नगरपालिकाका हुरी पिडितका लागी आज (आईतवार) राहत रकम बितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बहसको रुपमा रहेको बजेट बिनियोजनका बारेमा बोल्दै भन्नुभयो– अव केही दिनपछि छलफलबाट गण्डकी प्रदेशको आगामी बजेट समेत पास भएर देबचुली नगरपालिकालाई सडक, सिंचाई, पुल, डिप बोरिङ र अन्य बिबिध बिकास निर्माणका बिषयमा फड्को मार्नेछ भन्ने बिश्वास लिएको छु । 
साँसद गाहाले देबचुली नगरपालिकामा सञ्चालनमा रहेका योजनाहरु चालु आर्थिक वर्षमा परेको वजेटलाई रकमान्तर गरेर अगाडी बढाउने र त्यसलाई पूरा गर्ने साथसाथै आगामी बजेटमा देबचुली नगरपालिकाले धेरै भन्दा धेरै योजनाहरु समाबेश गरेर बिकासको फड्को मार्ने र बिकासको योजना अगाडी बढाउने गरी गण्डकी प्रदेशले योजनामा समाबेश गरेको दावी गर्नुभयो । 
प्राप्त गरेको राहत रकम सबैले सही ढंगले उपयोग गर्न आग्रह गर्दै वहाँले भन्नुभयो – यस्तै आपत बिपत् पर्दा नै हामी मानवीय रुपबाट सहयोग गर्नुपर्ने हुनेरहेछ र राहत भन्दैमा फेरी सबै कुरा पर्याप्त हुन सक्तैन तर जे जति छ संघसंस्थाले, सरकारले र सम्वन्धित निकायले दिनेछ त्यसलाई ग्रहण गर्ने र सही सदुपयोग गर्ने कुरा हो । 
आज देबचुलीमा राहत बितरण कार्यक्रममा बस्नै नमिल्ने गरी पूर्ण क्षति भएका ३२ घर परिवारलाई जनही २५ हजारका दरले प्रदेश सरकार गण्डकीले नगद प्रदान गरेको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *