Thursday, September 5, 2019


खगेन्द्र पराजुली, 
१९ भाद्र, नवलपुर । 

नवलपुरको सदरमुकाम कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीका नीति तथा कार्यक्रमका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम चलाएको छ । यही भदौ ३१ गते हुने संस्थाको साधारणसभामा खानेपानी क्षेत्रका समस्या पहिचान गरी बार्षिक कार्ययोजना सहित नीति तथा कार्यक्रममा समावेश गर्दै थप ब्यवस्थित गराउन अन्तरक्रिया प्रभावकारी रुपमा गरिएको हो । 

आज बिहीबार संस्थाकै सभाहलमा कावासोती ८ र ९ का स्थानीय जनप्रतिनिधि तथा खानेपानी संस्थाका सभासदहरुसँग कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सञ्चालक समितिले अन्तरक्रिया गरेको हो । 

अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष भीम कंडेलले खानेपानी प्रणालीलाई ब्यवस्थित गर्न, अपतनत्वको भावना जागृत गराउन, मुहान संरक्षण र स्रोत पहिचानका लागी तत्कालै खानेपानी सुरक्षा समिति गठन गर्नुपर्ने बताउनुभएको छ । वहाँले खानेपानीको ०७६–०७७ को नीति तथा कार्यक्रममा आ–आफ्ना ठाउँका समस्या, गुनासालाई सुझावका रुपमा दिएर जिल्ला सदरमुकाममा रहेको यो खानेपानी संस्थाले नागरीकको प्रत्यक्ष जीवनसँग जोडिएको खानेपानीलाई दीर्घकालीन आपुर्तिमा योगदान पुर्याई उपभोक्तालाई सहज रुपमा सुरक्षित खानेपानी बितरण गर्ने अभियानलाई सार्थकता दिलाउन सबै पक्षसँग आग्रह समेत गर्नुभयो । 

अन्तरक्रियामा खानेपानी संस्थाका निबर्तमान अध्यक्ष एवं सल्लाहकार बिष्णुप्रसाद भुसाल, वडा नम्वर ९ का अध्यक्ष नेत्रप्रसाद खतिवडा, सल्लाहकारद्धय शिवप्रसाद भटराई तथा बाबुराम बि.क.ले शहरीकरण र सडक पुर्बाधार बिकासका क्रममा खानेपानीमा आईरहेको समस्या चुनौतीका रुपमा रहेकाले स्थानीय सरकार लगायतसँग समन्वय गर्न सुझाउनुभयो । 

आजको अन्तरक्रियामा ८ र ९ नम्वरका ५६ जना खानेपानी सभासद्को उपस्थिति रहेको थियो भने भोली शुक्रवार वडा नम्वर ३ र ६ तथा पर्सी शनिवार ५ र २ बीच अन्तरक्रिया गरी संकलित सुझाव अनुसार यस बर्षको नीति तथा कार्यक्रम बनाईने संस्थाका सचिव दीपक लम्सालले बताउनुभयो ।   

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *