प्रिय धन,
१९ भदौ, चोरमारा ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा मध्यबिन्दु नगरपालिकाको शिक्षा शाखाले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने भएको छ । नगर शिक्षा शाखाले बिद्यालयको तह अनुसारका फरक फरक बिद्यार्थी केन्द्रित कार्यक्रम गर्न लागेको हो ।
नगर शिक्षा शाखा प्रमुख देबीराम अर्यालले भोली हुने कार्यक्रममा मध्यबिन्दु नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयलाई अनिवार्य सहभागिताका लागी अनुरोध गर्नुभएको छ ।
मध्यबिनदु नगरपालिकाका शिक्षा शाखाका श्रोतब्यक्ति रामजी प्रसाद ढकालले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा भोली जनाता माबि अरुणखोलाको मंगलचौरमा माबि तह स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
वहाँले आधारभूत तहमा हाजीरी जवाफ प्रतियोगिता अरुणखोलाको जनता माबिमै हुने जानकारी दिनुभयो । त्यस्तै, प्राबि तहमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको जनाउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हुने बिजेतालाई भदौ २२ गते नगरपालिकाको कार्यालयमा एक कार्यक्रमकावीच सम्मान सहित पुरस्कृत गरिने बताईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment