खगेन्द्र पराजुली,
१९ भाद्र, नवलपुर ।
नवलपुरको कावासोती स्थित मध्यबिन्दु बहुमुखी क्याम्पसमा मानव बेचबिखन बिरुद्धको सचेतना सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन सम्बन्धी १३ औं राष्ट्रिय दिबसको अबसरमा आज बिहीबार प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले मानव बेचबिखनका बिषयमा सहभागी बिद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मध्यबिन्दु क्याम्पसमा अध्ययनरत स्नातक तहका २ सय बिद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.विष्णु प्रसाद लम्सालले गर्नुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment