खगेन्द्र पराजुली
४ कार्तिक, नवलपुर ।
संघीय साँसद एवं नेपाली काग्रेसका महामंत्री डा.शशांक कोईरालाले शैक्षिक क्षेत्रलाई गुणात्मक रुपमा बिश्व जगतसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
आज सोमवार देबचुली नगरपालिका १५ मा रहेको यस क्षेत्रकै पुरानो माध्यमिक बिद्यालय जनज्योति माबिको २ तलाको १० कोठे भवन उद्घाटनका अवसरमा साँसद कोईरालाले आफुले बिद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागी सक्दो सघाउने समेत प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
त्यस्तै, गण्डकी प्रदेश साँसद रोशनवहादुर गाहाले २ कोठे भवनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि मन्तब्य राख्ने क्रममा साँसद गाहाले आफु माध्यमिक तहको शिक्षा प्राप्त गरेको बिद्यालय पनि भएकाले आफ्नो पहलमा हुन सक्ने सहयोग आफु पदमा रहदा वा पद बाहिर रहदा पनि निरन्तर भईरहने बताउनुभयो ।
साँसद गाहा मगरले यस बिद्यालयसँग आफ्नो भावनात्मक, शैक्षिक, साँस्कृतिक सम्वन्ध रहनुका साथै राजनीतिमा प्रबेश समेत यही बिद्यालयमा अध्ययन गर्दा भएको स्मरण गर्नुभयो ।
बिद्यालय परिसरमा निर्माण गरिएको स्टेजको उद्घाटन कुमारी बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले गर्नुभएको थियो ।
त्यस्तै, बिद्यालय परिसरमा गार्डेन क्यारीमा धुपी तथा कपुरका बिरुवा रोपिएको छ । बृक्षरोपणको उद्घाटन नगर प्रमुख पूर्णकुमार श्रेष्ठले पहिलो बिरुवा रोपेर गर्नुभयो ।
चारवटा प्रमुख उद्घाटन कार्यक्रमका साथ आयोजित कार्यक्रममा बिद्यालयले सहायक प्रधानाध्यापक नियुक्त गरिएको, बिद्यालयका संस्थापक स्वर्गीय रामबहादुर शाहीको शालिक र आधुनिक खानेपानी ट्यांकी निर्माण गर्ने लगायतका घोषणा भएको छ ।
समारोहमा बिद्यालयकी छात्रा आशा बि.क. र शिक्षक प्रकाश भण्डारी सम्मानित भएका थिए ।
आशालाई बालिका शशक्तिकरणमा भुमिका निर्वाह गरेको भन्दै ताईवानको होम फाउण्डेशनद्धारा प्रदत्त अवार्डबाट सम्मानित भएकोमा बिद्यालयले अभिनन्दन गरेको हो भने भण्डारीलाई जन ज्योतिसँग मर्ज भएपश्चात् साबिकको प्रगति निमाबिको आधारभुत ब्लककोे अंग्रेजी माध्यममा नतिजामा बृद्धि गरेको भन्दै सम्मान गरेको हो ।
बिद्यालयको सहायक प्रधानाध्यापकमा शिक्षद्वय रत्नलाल सुबेदी र होमनाथ न्यौपानेलाई नियुक्त गरिएको हो ।
समारोहको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामशर्मा भुसालको रहेको थियो भने स्वागत प्रधानाध्यापक मिनबहादुर दाहालले गर्नुभएको थियो । समारोह सञ्चालन प्रितम भुजेलले गर्नुभएको थियो ।
आर्थिक बर्ष २०७२–०७३ देखिको शिक्षा मन्त्रालयको क्रमागत बजेट बार्षिक १८ लाखका दरले ७२ लाख रुपैया लागतमा १० कोठे २ तलाको भवन निर्माण सम्पन्न भएको हो भने शिक्षा मन्त्रालयकै गत सालको १६ लाख रुपैयामा २ कोठे भवन बनेको हो ।
त्यस्तै, कुमारी बैक लि. को ७ लाख रुपैंयामा स्थायी मञ्च निर्माण भएको बिद्यालयका प्रधानाध्यापक मिनबहादुर दाहालले बताउनुभयो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment