Monday, October 21, 2019


मीना कंडेल
४ कार्तिक, नवलपुर । 

नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सासंद डा शशांक कोइरालाले कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएको संबिधान सबैले मिलेर संरक्षण गर्नु पर्नेमा जोड दिनुभएको छ । दुबै शक्ति जिम्मेवार बनेर संबिधानको पुर्णपालना गरेर अघि बढेमा लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेमा कोइरालाले बिश्वास प्रकट गर्नुभयो ।

नेपाली काग्रेस गैंडाकोट ९ ले आज सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले तेह्रौ महाधिबेशनमा पार्टी सभापति शेरबहादुर देउवा निर्बाचित भए पनि पार्टीले खासै उपलब्धि हासील गर्न नसकेकाले अब चौंधौं महाधिबेशनबाट पार्टीमा आमुल परिबर्तन आउने जिकिर गर्नुभयो । 

उँहाले पार्टीमा अब शेरबहादुर देउवाले बिश्राम लिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काग्रेस एक ढिक्का भएर अघि बढनु पर्ने र पार्टी नेतृत्व अबको महाधिबेशनले परिबर्तन हुने पनि डा. कोइरालाले स्पष्ट पार्नुभएको छ ।

उहाँले चौंधौं महाधिबेशनले पार्टीलाई नयाँ अनुहारको सभापति दिने खुलासा गर्नुभयो । 

उहाँले अब काग्रेसलाई नयाँ जीबन दिनका लागी नयाँ र क्षमतावान ब्यक्ति बाट पार्टी चल्नु पर्ने धारणा राख्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद गगन थापाले बर्तमान सरकारले बाटो बिगारेका कारण अब संसद र सडकबाट कडा आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

थापाले मुलुक बनाउने हो भने कसैले पनि रबैया देखाउन नहुने र रबैया देखाउनेहरु नै परास्त हुने भएकाले काग्रेस जिम्मेवार र शालिन ढंगले संगठन निर्माणमा अघि बढिरहेको बताउनु भयो ।

सभापति उमा पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली, प्रदेश सांसद तथा जिल्ला सभापति बिष्णु लामिछाने,चितवन पार्टी सभापति जीत नारायण श्रेष्ठ,संघीय सांसद सत्यनारायण खनाल संबिधानसभा सदस्य महेन्द्र ध्वज जीसी लगायतले काग्रेसमा गुट र उपगुटको अन्त्य पहिलो आबश्यकता रहेको जोड दिदैं पार्टी कार्यकर्ताहरु समेत सचेत हुनु पर्ने बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *