खगेन्द्र पराजुली
५ कार्तिक, नवलपुर ।
१ सय २३ एप्पुल लागु औषध सहित २ जना युवक कावासोतीबाट पक्राउ परेका छन् । बुटबल नारायणगढ सडकखण्ड अन्तर्गत कावासोती १६ मा नियमित सवारी चेकजाँचको क्रममा चितवनका २ जना लागु औषध सहित पक्राउ परेको हुन् ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना ६ ख ४२०९ नम्वरको बसमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका २५ का २१ बर्षका पवन बोटे र सोही ठाउँका २२ बर्षका अंकित महतोको साथबाट लुकाईछिपाई ल्याउँदै गरेको ४१ थान नुफ्रिन, ४१ थान फेनरागन र ४१ थान डाइजोपाम सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिनुभएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment