सांकेतिक तस्बीर
५ कार्तिक, नवलपुर ।
विप्लव नेकपाका नवलपुर जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई प्रहरीले पुन नियन्त्रणमा लिएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ का ६० बर्षीय रेग्मीलाई दुम्किबास प्रहरीको टोलीले सर्दीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उहाँलाई प्रहरीले आज मंगलबार विहान १० बजेतिर नियन्त्रणमा लिएको हो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर राखिएको छ । रेग्मी यस अघि पनि पक्राउ परेर छुट्नुभएको थियो ।
यस्तै, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट युवा संगठनका म्याग्दी जिल्ला अध्यक्ष धनबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ रिठ्ठेचौरबाट पुनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पुनलाई पक्राउ गरेर सोमवार साँझनै बेनी ल्याएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
उहाँ प्रतिबन्धित विप्लव समूहको गतिबिधिमा संलग्न भएको, एनसेल टावर आगजनी गरेको, जनप्रतिनिधि तथा ब्यापारीहरुसँग चन्दा माग्ने कार्यमा संलग्न भएको प्रहरीको आरोप छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment