Tuesday, October 22, 2019


खगेन्द्र पराजुली 
५ कार्तिक, नवलपुर । 

कावासोती ३ मा रहेको कावासोती सेन्ट जोसेफ बाल क्लवका बिद्यार्थीहरुले सचेतनामूलक देउसी भैलो २०७६ सञ्चालन गर्ने भएका छन् । 
कावासोती सेन्ट जोसेफ विद्यालयले कावासोती १२ मा रहेको बृद्धाश्रम सहयोगार्थ एवम कावासोती नगरपालिकालाई बालमैत्री समाज निर्माणको लागि बालमैत्री देउसी भैलो कार्यक्रम २०७६ आयोजना गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
परम्परागत र मौलिक पर्वहरुको जगेर्ना गर्दै नयाँ पुस्तामा संस्कृतिको महत्व दर्साउँदै संस्कार र संस्कृति हस्तान्तरण गर्ने उदेश्य साथ बिद्यालयको बाल क्लवको सक्रियतामा देउसी–भैलो सञ्चालन गरिने आज कावासोतीमा आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराईएको हो । 
बिद्यार्थीलाई किताबी ज्ञान बाहेक सामाजिक, चारित्रिक रुपमा नैतिकवान् बनाउन पुस्तौदेखि चलि आएका पर्वहरुको महत्व रहेकाले बालबालिकालाई समाजसँग घुलमिल गराउन कार्यक्रम फलदायी हुने आयोजकले बिश्वास लिएको छ  । 
कडा अनुशासनमा संस्कार सहितको व्यवहारीक शिक्षा भन्ने उदेश्यका साथ एचिभर्स ग्रुपको नयाँ व्यवस्थापनमा संचालित विद्यालयले बालबालिकाहरुको चौतर्फी विकासको लागि विद्यालयमा मात्र शिक्षा लिने र दिने मात्र नभई विद्यार्थीहरुलाई कला धर्म र संस्कृतिको बारेमा समेत जानकारी गराउन बालबालिकालाई देउसी भैलो कार्यक्रम संचालन गर्न लागीएको सेन्ट जोसेफ स्कुलका प्रिन्सीपल कमल चापागाईले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
उहाँले देउसी भैलोबाट संकलित रकमलाई कावासोती १२ मा रहेको बृद्धाश्रमलाई सहयोग गरीने र कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका निर्माणका लागी खर्च गरीने जनाईएको छ ।
विद्यालयमा गठन गरीएको सेन्ट जोसेफ बालक्लव, सेन्ट जोसेफ कला साहित्य तथा साँस्कृतिक क्लवको आयोजना तथा विद्यालयको व्यवस्थापनमा बालमैत्री देउसी भैलो कार्यक्रम आयोजना गरीएको प्रिन्सीपल चापागाईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जानकारी दिदै क्रियाकलाप सँगै यहाँका प्रकृति, समाजको संरचना, विभिन्न चाडपर्वहरुको बारेमा जानकारी र स्थानहरुको बारेमा स्थलगत भ्रमण, अतिरिक्त क्रियाकलापमा सहभागिता का साथै यस स्थानमा सञ्चालन हुने विभिन्न सामाजिक क्रियाकलापमा समेत सहभागिता गराउने लक्ष्यका साथ देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराईएको छ ।
विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत विशुद्ध बालबालिकाहरुको विकासको लागि उनीहरुको सहभागितामा नै बालमैत्री देउसी भैलो कार्यक्रम सञ्चालन गरिने जनाईएको छ । देउैसी भैलो कार्तिक ७ गते विद्यालय परीसरबाट शुरु गरी देवचुली र कावासोती र देबचुलीका विभिन्न १५ स्थानमा १० गते सम्म संचालन गरीने कार्यक्रम संयोजक विकास थापाले जानकारी दिनुभयो । 
पत्रकार सम्मेलनमा लक्ष्मि नारायण बृद्धाआश्रमका अध्यक्ष तारा भण्डारी , एचिभर्ष ग्रुपका निर्देशक प्रदिप भुसाल, सेन्टजोसेफ कला साहित्य र सस्कृति क्लबकि अध्यक्ष एजिला पाण्डे देउसि भैलो सम्योजक विकास थापाको समेत सहभागिता रहेको कार्यक्रम बाल क्लवकि सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *