Sunday, October 20, 2019


खगेन्द्र पराजुली
३ कार्तिक, नवलपुर 

समूह झगडामा प्रगतिनगरमा गोली चलेको आंशकामा प्रहरीले अनुसन्धान थालेको छ । 

हिजो साँझमै २ मोटरसाईकलमा आएका ४ जनाको आपसी झगडामा पुर्व पश्चिम मुख्य सडक अन्तर्गत प्रगतिनगर चोककै पुर्वपट्टिको बस बिसौनीमा गोली चलेको भन्ने सुचना पाएको स्थानीयलाई उधृत गर्दै  देबचुली १५ का वडाध्यक्ष हरिभक्त भटराईले बताउनुभएको छ । 

वहाँले २ वटा मोटरसाईकलमा आएका २–२ जना गरी ४ जनाबीच झगडा भएपश्चात् एक समुहले गोली चलाएको त्यसपछि एउटा मोटरसाईकल कावासोतीतर्फ र अर्को मोटरसाईकल पृथ्वीनगरतर्फ हुईकिएको आफुलाई जानकारीमा आएको बताउनुभयो । 

 झगडामा संलग्न एक समूहका २ जना आफुहरु पिडित भएको भन्दै प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरुसँग प्रहरीले सोधपुछका साथै अनुसन्धान थालेको छ । 

स्थानीयबासी नै रहेको प्रहरीले जनाएको छ । बाँकी २ जना नियन्त्रणमा आएपछि बिस्तृत बिवरण सार्वजनिक गरिने प्रहरीले बताएको छ । 

सम्पर्कमा आएका २ जना सवार मोटरसाईकलको ट्याङ्कीमा गोली लागी प्वाल परेको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *