Saturday, October 19, 2019


खगेन्द्र पराजुली, 
२ कार्तिक, नवलपुर । 

देबचुली होटल ब्यवसायी समितिको अध्यक्षमा शुरेश पाण्डे चयन हुनुभएको छ । आज शनिवार दलदलेमा सम्पन्न होटल ब्यवसायीको भेलाले पाण्डेलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । 

समितिका वरिष्ठ उपाध्यक्षमा पारस गौतम, महिला उपाध्यक्षमा रुमा थापा, सचिवमा भोजराज ज्ञवाली , सह सचिवमा खुमलाल भुर्तेल, कोषाध्यक्षमा रेमनसिं आले सहित  ९ जना सदस्य रहेको समिति सर्बसम्मत चयन भएको छ । 

नेपालीका महत्वपूर्ण पर्वहरुको शुभकामना आदानप्रदान समेत रहेको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गौरीश्वर न्यौपानेले ब्यवसायीले ईमान्दारीता, स्वास्थ्य र सरसफाईमा ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । 

वहाँले यहाँको होटल ब्यवसायलाई समयनुकुल परिस्कृत गरेर लैजाने हो भने आफ्नो मात्र नभई पर्यटन प्रबद्र्धनमा कोशेढुंगा साबित हुने धारणा राख्नुभयो । 

कार्यक्रममा अर्का बक्ता देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले होटल लगायत सबै ब्यवसायलाई दर्ताको प्रक्रियामा ल्याउन पहल भएकाले अव यो समितिले उद्योग बाणिज्य संघको कार्यमा सघाउने बिश्वास ब्यक्त गर्नुभयो । 

कार्यक्रममा दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद न्यौपाने, गैडाकोट होटल व्यवसायी समितिका अध्यक्ष हरि क्षेत्री लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा अध्यक्षता शुरेश पाण्डेको रहेको थियो भने सञ्चालन भोजराज ज्ञवालीले गर्नुभएको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *