खगेन्द्र पराजुली,
२ कार्तिक, नवलपुर ।
१४ बर्षदेखि २२ बर्ष उमेर समुहका किशोरीहरुका लागी लक्षित टेक एज गल्स् तालिमको आज शनिवार उद्घाटन भएको छ ।
१७ हप्तासम्म चल्ने तालिमको आज कावासोती नगरपालिकाका उप–प्रमुख प्रेमशंकर मर्दनियाले उद्घाटन गर्नुभयो ।
डण्डामा रहेको अग्यौली सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा आयोजित कार्यक्रममा रिड नेपाल र आईरिक्स संस्थाले सघाएका छन् ।
जनता मा.बि. शहिदनगर, डण्डा, जनता माबि त्रिभुवनटार, जीवनज्योति माबि कावासोती र त्रिभुवन बाल माबि ढोकीका ५० जना किशोरीलाई लक्षित तालिम दैनिक २ घण्टाको अवधिमा १०–१० जनाको ५ समूह निर्माण गरी तालिम सञ्चालन गरिने रिड नेपालका कार्यक्रम संयोजक साजन थापाले बताउनुभयो ।
कार्यक्रमबाट किशोरीमा आत्मबिश्वास बढ्नुका साथै बौद्धिक क्षमता तथा नेतृत्व बिकास हुनेमा नगर उप प्रमुख एवं प्रमुख अतिथि मर्दनियाले बिश्वास ब्यक्त गर्नुभएको छ ।
तालिममा प्रबिधिसँग किशारीहरु नजिकिदै गर्दा यसको सही प्रयोगबाट हुने सकारात्मक फाईदा र यसलाई प्रयोग गर्ने नाममा दुरुपयोग बढ्दा जीवनमा हुन सक्ने नकारात्मक बेफाइदा सहित किशोरीको नेतृत्व बिकासलाई सँगसँगै लैजाने उदेश्यले टेक एज गल्स् परियोजना सञ्चालन गर्न लागिएको रिड नेपाल ट्याग परियोजनाका क्षेत्रिय कार्यक्रम संयोजक राजु चापागाईले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा तालिममा छानिएका किशोरीका अभिभावकको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।
अग्यौली सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुर्य पाण्डेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
तालिमको सहजीकरण प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त रुपा भटराई गर्नुहुने आयोजकले जनाएको छ ।
पहिलो १७ हप्ता ५० जनालाई सहभागिता गराई उनीहरुलाई एक्काईसौं शताब्दीमा प्रबिधिसँग किशोरीहरुका बिषयमा २ घण्टा अभिमुखीकरण गराईने छ त्यसपछि दोस्रो चरणमा मुल्यांकन बिधिबाटै एक स्रोत केन्द्रबाट उत्कृष्ट २४ जना र त्यसपछि २ वा ३ जना छानेर उनीहरुलाई देशैभरीबाट यसरी नै छानिएकालाई काठमाण्डौमा बिशेष प्रशिक्षण प्रदान गरिने छ ।
टेक एज गल्स् तालिम देशका १० स्थानमा सञ्चालन गरिएको बताउँदै अन्त्यमा प्रत्येक एक केन्द्रवाट छनोटमा पर्न सफल २० देखि ३० जनालाई अन्तिम बिशेष तालिम प्रदान गरिने कार्यक्रम संयोजक साजन थापाले जानकारी गराउनुभयो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment