खगेन्द्र पराजुली,
७ कार्तिक, नवलपुर ।
नवलपुरकै उत्कृष्ट सहकारीमध्येको एक परोपकार साकोसको अध्यक्षमा खेमराज सापकोटा सर्बसम्मत चयन हुनुभएको छ । आज बिहीबार दलदलेमा घोषणा कार्यक्रम आयोजना गरी नयाँ सञ्चालक समिति तथा आन्तरीक लेखा सुपरिवेक्षण समिति सार्बजनिक गरिएको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा लोकप्रसाद भुर्तेल, सचिवमा नारायणप्रसाद पौडेल, कोषध्यक्षमा तिलप्रसाद काफ्ले र सह–सचिवमा पदमप्रसाद धिताल चयन हुनुभएको छ ।
कार्यक्रममा २ जना आमन्त्रित सदस्य सहित १३ सदस्यीय सञ्चालक समिति घोषणा भएको हो ।
सदस्यमा रेशमलाल चापागाई, साधना पराजुली, राधिका तिमिल्सीना, अमृता पाण्डे, ईश्वर चापागाई र अनिल बस्ताकोटी तथा आमन्त्रित सदस्यमा जगन्नाथ अर्याल र तुलमणी पौडेल चयन हुनुभएको हो ।
त्यस्तै घोषणा कार्यक्रममा आन्तरीक लेखा सुपरीवेक्षण समितिको संयोजकमा बालकृष्ण काफ्ले तथा सदस्यमा सुरेन्द्र रिजाल र गीता रिजाल आउनुभएको छ ।
आजै नयाँ नेतृत्वले सपथ लिएको छ ।
हालै तीनवटा सहकारीबीच भएको एकिकरणपछिको यो पहिलो सञ्चालक समिति चयन भएको हो । भूगोल तथा एकिकृत भएका सहकारीको समेत प्रतिनिधित्व मिलान गर्ने सन्दर्भमा २ जना आमन्त्रित सदस्य राखिएको निर्बाचन समिति संयोजक नरदेब न्यौपानेले बताउनुभयो ।
गत अशोज ४ गते सम्पन्न साधारण सभा तथा अधिबेशनले सोही दिन नयाँ समिति चयन गर्न नसकेपछि निर्वाचन समिति बनेको थियो ।
दलदलेका परोपकार, पारदर्शी र धारापानीको शुभकामना ३ वटा सहकारी एकिकरण भएका हुन् । अहिले सहकारीमा ६ हजार ६ सय ४८ शेयर सदस्य रहेका छन् ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment