खगेन्द्र पराजुली,
७ कार्तिक, नवलपुर ।
लोकसेवाबाट छनोट भएर स्थानीय तहमा कर्मचारी हाजिर हुँदाका दिन देबचुली नगरपालिकाका ५ वटा वडा कार्यालयको सेवा आ–आफ्नै वडाबाट सञ्चालनमा आउने बताईएको छ ।
देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले देवचुली नगरपालिकाले वडा सचिव सहित ३९ कर्मचारी माग गरेको स्मरण गराउँदै स्थानीय सरकारले करारमा समेत कर्मचारी राख्न पाउने अधिकार नरहेकाले मन्त्रालयले कर्मचारी ब्यवस्था गर्दाका दिनबाटै वडाबाट प्राप्त हुने सेवा लिनका लागी वडावासी टाढा धाउन नपर्ने गरी ५ वटा वडामा भवन पुर्वाधारको काम तिब्रताका साथ अगाडी बढेको बताउनुभयो ।
देबचुली नगरपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख जीवलाल श्रेष्ठका अनुसार वडा नम्वर ४, ५, ६, ९ र १७ मा सुचारु रहेको काम ७० प्रतिसत सम्पन्न भएको जनाउँदै कार्तिक मसान्तभित्र सम्पूर्ण काम सम्पन्न हुने बताउनुभएको छ ।
अव ३० प्रतिसत बाँकी काम अन्तर्गत रंगरोगन, ट्रस हालेर छानो छाउने, बायरिङ् र फर्निचर सामाग्री ब्यवस्थापन गर्ने लगायतको काम रहेका छन् ।
शाखा प्रमुख श्रेष्ठले नगर स्तरीय सार्वजनिक पुर्वाधार निर्माण र क्रमागत बिकास अन्तर्गत गत बर्षको वडा कार्यालय भवन निर्माण शिर्षकको बजेटमा निर्माण भईरहेको बताउनुभयो ।
निर्माणको जिम्मा काठमाण्डौको डोको कन्ट्रक्सनले लिएको हो ।
त्यस्तै जमिन छनोटमा ढिलाई भएका कारण देबचुली ११ र ८ मा भने हालसाल मात्र निर्माण शुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
देबचुली नगरपालिकाको वडा नम्वर १२ ले ०७५ बैशाख देखि वडाक्षेत्रमा कार्यालय स्थापना गरी सेवा दिदै आएको १२ नम्वर वडाका अध्यक्ष दिनानाथ भुसालले बताउनुभएको छ ।
यसैक्रममा नगरस्तरीय अनुगमन टोलीले निर्माणाधिन कार्यालयको अनुगमन सम्पन्न गरेको छ । नगरस्तरीय अनुगमन टोलीका सदस्य केशरबहादुर क्षेत्री, सुबोचन्द्र सुबेदी, प्रशासन तथा योजना शाखा प्रमुख जीवलाल श्रेष्ठ, प्राबिधिक ईन्जिनीयर सन्तोष काफ्ले, सम्वन्धित वडाका वडाध्यक्षहरु गिरबहादुर थापा, शिबलाल सापकोटा, मिनबहादुर सोती, मेखबहादुर सारु, बिष्णुप्रसाद आचार्य लगायत वडासदस्यहरुले अनुगमन गरेका थिए ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment