दिपक शर्मा,
६ कार्तिक, देवचुली ।
पछिल्लो समय अनलाईनबाट हुने हिंसा र दुव्र्यवहारहरु बढेकोले यसको न्युनिकरणमा बालबालिकाहरुको भुमिका महत्वपूर्ण हुने देवचुलीका सरोकारवालाहरुले बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका किशोरीहरुले तालिम लिई सकेपछी समुदायस्तरमा र विद्यालयस्तरमा आफूले सिकेको ज्ञान अन्य बिद्यार्थीमाझ साझेदारी गरेको हुन् ।
आज बुधवार देवचुली ४ स्थित शान्ति सृजना आधारभुत विद्यालयमा कार्यक्रम भएको हो ।
वडा नंं. ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्रीले बालबालिकाहरुले जानेका विषयहरु घरमा लगेर आफ्ना अभिभावकहरुलाई भन्नुपर्ने र सो न्युनिकरणमा अभियानकर्ताको रुपमा सन्देशहरु प्रवाह गर्नुपर्ने बताउनुभयो ।
यस्ता खालका कार्यक्रमहरुले किशोरकिशोरीको क्षमता विकासमा सहयोग पुग्ने भएकोले समेत वडाबाट समेत सहयोग गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।
देवचुली नगरपालिका बालमैत्री नगरको रुपमा घोषणा भएको छ, तैपनी अझै केही बालविवाह, हिंसा, श्रमका घटनाहरु हुने गरेको छ । सो को न्युनिकरणमा समेत बालबालिकाहरु र किशोरकिशोरीहरुले नै सचेतनामुलक कार्यक्रम सञ्चालन गरेमा अझ प्रभावकारी हुने सरोकारवालाले बताएका हुन् ।
कार्यक्रममा विद्यालयका ५० भन्दा बढी किशोरकिशोरीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण किशोरीहरु चन्चला डुम्रे र लक्ष्मी चापागाई तथा जागृति बाल तथा युवा सरोकार नेपालका सविता पंगेनीले गर्नुभएको थियो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment