खगेन्द्र पराजुली,
६ कार्तिक, नवलपुर ।
दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा नवलपुर उद्योग संघले शुभकामना आदानप्रदान, चियापान तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । अहिले साँझ कावासोतीमा कार्यक्रम चलिरेहको छ ।
फरक प्रारुपमा आयोजित औपचारीक शुभकामना आदानप्रदान कार्यक्रममा सबै उपस्थितलाई समान आतिथ्यता गराईएको थियो ।
कार्यक्रमको औचित्यका बारेमा तथा संघको बारेमा जानकारी दिदै नवलपुर उद्योग संघका अध्यक्ष कृष्णप्रसाद गौतमले संघले साना, ठूला, मझौला साथै घरेलु सहित रुग्ण उद्योगलाई ब्यवस्थित गर्दै सबै प्रकृतिका उद्योगको उत्थान गरेर राज्यलाई टेवा पुर्याउने लक्ष्यका साथ संस्था स्थापना गरिएको बताउनुभएको छ ।
वहाँले २०४७ सालमा चितवन र नवलपुर क्षेत्रका उद्योगीको एउटै उद्योग संघ रहेकोमा संघीयतापश्चात् नवलपुरमा २०७५ साल श्रावणमा संघ स्थापना गरी कार्तिक १२ गते बैधानिकता प्राप्त गरेको सुनाउनुभयो ।
अध्यक्ष गौत्मले नवलपुरको संमृद्धिका लागी आठै स्थानीय तहमा उद्यमशीलतामा रुची भएकाहरुको छनोट गरी भौगोलिकताको समेत अध्ययन गरेर सहज ढंगले बढी भन्दा बढी रोजगार सिर्जना गर्ने र कर मार्फत राज्यलाई समेत टेवा पुर्याउने लक्ष्य नै संघको रहेको सुनाउनुभयो ।
कार्यक्रममा जिल्लास्थित संघीय, प्रदेश साँसद तथा स्थानीय सरकारका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशाशकिय अधिकृत, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, नवलपुरमा रहेका प्रदेश अन्तर्गतका कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रतिष्ठित उद्योगका प्रतिनिधि, पूर्व माननीयहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संघका महासचिव केबी रानाले गर्नुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment