Sunday, March 29, 2020



१६ चैत्र, नवलपुर । 

लकडाउनमा खाद्यबस्तुको कृतिम अभाव सिर्जना हुन सक्ने भएकाले अनुगमन, निरीक्षण, ब्यवस्थापनका लागी मध्यबिन्दुमा छुट्टै समिति गठन भएको छ । 

मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीको संयोजकत्वमा समिति गठन भएको हो । 

मध्यबिन्दु नगरपालिकाभित्र खाद्यबस्तुहरुको सहज ढंगबाट उपलब्ध गराउन र आपुर्ति समेतको ब्यवस्थापन मिलाई संकटका बेला आम नगरबासीलाई अभाव हुन नदिन भन्दै वडाध्यक्ष सहित, राष्ट्रिय उपभोक्ता मञ्च मध्यबिन्दुका संयोजक, होटल ब्यवसायी संघ मध्यबिन्दुका अध्यक्ष, चोरमारा प्रहरी कार्यालयका प्रमुख, मध्यबिन्दु नगरपालिकाका प्रशासन शाखा प्रमुख सहितको ७ सदस्यीय समिति निर्माण गरेको नगर प्रमुख चन्द्रवहादुर रानाले जानकारी दिनुभएको हो । 

आजै नगर प्रमुख रानाको समेत उपस्थितिमा समिति गठन भएको हो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *