खगेन्द्र पराजुली,
१६ चैत्र, नवलपुर ।
देबचुली १० स्थित पृथ्वी माबिमा पढ्ने बिपन्न बिद्यार्थीको तथ्याङ्कका आधारमा बिद्यालय सेवाक्षेत्र भित्र पनि वडा नम्वर १० र कावासोती १ लोकाहाका ६२ परिवारलाई खाद्य सामग्री बितरण गरिएको छ ।
पृथ्वी माबि, स्थानीय शान्तीदीप युवा क्लव र देबचुली १० का स्थानीयको सहयोगमा प्रति परिवार १० किलोग्राम चामल, दाल १ किलोग्राम, आधा लिटर तेल पोका र १ किलोग्रामको नून १ पोका बितरण गरिएको हो ।
बिद्यालय ब्यवस्थापन समिति, स्थानीय क्लव र स्थानीय सामाजिक ब्यक्तित्वहरुको स्वेच्छिक भावनाबाट संकलित ५० हजार रुपैया बरावरको रकमले उक्त सहयोग गरेको स्थानीय दीपक न्यौपानेले जानकारी दिएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment