Monday, March 30, 2020




खगेन्द्र पराजुली, 
१७ चैत्र, नवलपुर । 


जिल्ला प्रशासन कार्यालय नवलपुरले लकडाउनका बेला आजसम्म ४ सय ७८ वटा सवारी साधनका लागी पास दिएको छ । भने आजवाट पास नदिने समेत जनाएको छ । साथै जारी भएका पास भोलीदेखि अमान्य हुने समेत जनाईएको छ । 

आज साँझ ५ बजे टेलिफोनमा कुराकानीका  क्रममा जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत आनन्द भुसालले ४ सय ७८  सवारी साधनका लागी पास दिईएको र अव पास उपलब्ध नहुने बताउनुभएको हो । 

वहाँका अनुसार ४ सय ७८ सवारी साधनलाई पास दिदा अत्याधिक निश्चित समय र दिनका लागी दिईएको बताउनुभयो । बिशेष अवस्थामा ब्यक्तिगत सवारी साधनमा बिरामीलाई अस्पताल पुर्याउन, अस्पतालमा रहेका  बिरामीका आफन्त भेट्न वा कुरुवा जानका लागी, जिल्लावाहिर वा जिल्लाभित्रै पनि अलिक टाढा पठाउनुपर्ने दैनिक ज्यालादारीका मजदुरलाई पठाउनका लागी केही घण्टादेखी १ दिनमात्रको पनि पास उपलब्ध गराएको बताउनुभयो । 

त्यस्तै, वहाँले प्रशासनले अत्यावश्यक खाद्य सामाग्री ढुवानी, दूध बोक्ने साधन, तरकारी–फलफुल ढुवानी गर्ने गाडी, कुखुराका दाना बोक्ने गाडी पराल बोक्ने ट्रक सहित संचारकर्मी, स्वास्थ्यकर्मीलाई पास प्रदान गरिएको बताउनुभयो । 

सुचना अधिकारी भुसालले एम्बुलेन्स दमकल लगायतका सवारी साधनलाई भने पासको जरुरत नपर्ने बताउनुभयो । 

प्रशासनमा पास बनाउन आउनेको संख्यामा अत्यधिक चाप भएका कारण सवारी  पास बन्द गरेको समेत जनाईएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *