१६ चैत्र, नवलपुर ।
नवलपुर उद्योग बाणिज्य संघले अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको बिक्रि वितरणका लागी समयसीमा तोकेको छ । विहान ७ बजे देखि ९ बजेसम्म र साँझ ५ बजे देखी ७ बजे सम्म अत्यावश्यक पसल खोल्न समय निर्धारण गरेको छ । संघले जिल्ला प्रशासन कार्यलय नवलपुरसंगको समन्वयमा यस्तो आग्रह गरेको जनाएको छ ।
संघका अध्यक्ष डासुराज पोखरेल र महासचिब बैकुण्ठ प्रसाद अर्यालले आज एक सुचना जारी गर्दै ब्यवसायी र उपभोक्ता दुवैको सुरक्षाका लागि माक्स, सेनिटाइजर, पञ्जा लगायतका सेफ्टी उपकरणहरुको प्रयोग गरी सुरक्षित रहन अनुरोध गरेका छन् ।
पसलको अगाडी भिडभाड नगरी घेरावार सहित खरिदकर्ता लगायत ब्यवसायीलाई पालैपालो साबधानी र सुरक्षित तरीकाले खरिद विक्रि गर्न अनुरोध गरिएको छ ।
उद्योग बाणिज्य संघका अध्यक्ष पोखरेलले सामग्रीको कृतिम अभाव सृजना नगर्न र अधिक मूल्यमा विक्री वितरण नगर्न आग्रह गर्नुभएको छ । त्यस्तो भेटिएमा कानून बमोजिम कार्वाही हुने पनि वहाँले बताउनुभएको छ ।
उता देबचुली नगरपालिकाले भने यसअघि नै दिनको १२ बजेदेखि ४ बजेसम्म ४ घण्टा मात्रै पसल खोल्ने समयअवधि निर्धारण गरिसकेकोले नगरपालिकासँगको समन्वयमा सोही समयलाई कार्यान्वयन गरिएको देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले बताउनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment