Sunday, March 29, 2020


चैत्र १६, नवलपुर । 

बुटवलकोे अस्थायी कोरोना अस्पतालमा उपचारत एक विरामीको मृत्यु भएको छ । सैनामैना–४ का ३७ वर्षका  एक विरामीको आईसोलेसनमा उपचारका क्रममा आज आईतवार मृत्यु भएको हो ।

उनको स्वाब परीक्षणको रिर्पोट आइसकेको छैन । 

उनी चैत्र ६ गते दुबईबाट नेपाल आएका थिए । 

उनले नजिकको क्लिनिकमा १२ गतेसम्म उपचार गरारहेका थिए । 

ती युवा १३ गतेमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

उनको मृत्यु के कारणले भएको भन्ने पुष्टि भएको छैन । 

स्वाब परीक्षणका लागि आज बिहान मात्र काठमाण्डौं पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । 

स्वाबको रिर्पोट आएपछि मृत्युको कारण खुल्ने डा. थापाको भनाई छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *