Sunday, March 29, 2020


खगेन्द्र पराजुली
१६ चैत्र, नवलपुर । 

नवलपुरको सदरमुकाम कावासोतीमा उपभोक्तालाई खानेपानीको प्रबन्ध मिलाउँदै आएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चैत्र महिनाको महशुलमा २० प्रतिसत छुट दिने भएको छ । 

बिश्वब्यापी कोरोना संक्रमणले लकडाउनका कारण सबै क्षेत्रमा प्रभाव परेकाले  उपभोक्तालाई केही राहत होस् भन्ने उदेश्यले चैत्र महिनाको महशुलमा २० प्रतिसत छुट दिने र चैत्र मसान्तसम्म रकम भुक्तानी ढिलो गर्दा लाग्ने बिलम्ब शुल्क वापतको अतिरिक्त शुल्क समेत छुट गरिएको खानेपानी संस्थाका अध्यक्ष भीमलाल कंडेलले जानकारी दिनुभयो । 

खानेपानी संस्थाको संचालक समितिको मोवाईल सम्पर्कबाटै बसेको बैठकले कोरोना भाइरस  महामारीबाट जोगिन आम उपभोक्तालाई आफु र आफ्नो परिवारको स्वास्थ्यमा बिशेष ख्याल गर्न, अनावश्यक काममा घरबाट बाहिर ननिस्क, बिदेशबाट आउने परिवारका  सदस्यहरुको स्वास्थ्य परिक्षण गराइ कम्तिमा १४ दिन अनिवार्य अलग्गै क्वारेन्टाइनमा रहन आग्रह गरिएको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *