Saturday, March 28, 2020


१५ चैत्र,  नवलपुर । 

आज शनिवार मात्र कोरोना संक्रमण पुष्टि भएकी बाग्लुङकी २२ बर्षीया किशोरी नेपाल ओर्लेको भोलीपल्ट माइक्रो चढेर बाग्लुङ स्थित घर पुगेको खुलेको छ । घर गएको २–३ दिनपछि उनलाई ज्वरो आएको थियो।

बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाउन गएकी थिइन्। 

तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन्। चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए।

जव दोस्रो कोरोना संक्रमित फ्रान्सवाट आएकी युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भयो बाग्लुङ नगरपालिकाको भनेर उनकोे नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको हो,’ मेयर पौडेलले भन्नुभयो । 

चार दिनअघि परीक्षणका लाग स्वाब पठाइएकी युवती अहिले पनि घरमै रहेको पौडेलले जानकारी बताउनुभयो । 

‘अब धौलागिरि अस्पतालमा राख्ने कि पोखरा वा काठमाडौं लैजाने हामी सल्लाह गर्दैछौं,’ मेयर पौडेलले भन्नुभयो ।

यो पनि पढ्नुहोस् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *