Thursday, March 5, 2020



खगेन्द्र पराजुली
२२ फागुन, नवलपुर । 

देवचुली नगरपालिका वडा नं ११ मा ज्येष्ठ नागरीक बाबाहरु समानित हुनुभएको छ । 
आज ११ नम्वर वडा कार्यालयले ७० बर्ष उमेर पुगेका वडाभित्रका ज्येष्ठ नागरीक बाबाहरुलाई सम्मान गरेको हो । 

गत बर्ष एकल महिला तथा ज्येष्ठ नागरीक महिलालाई सम्मान गरिएकाले यसवर्ष पुरुष ज्येष्ठ नागरीकलाई सम्मान गरिएको वडाध्यक्ष रमेश ठाडामगरले बताउनुभयो । 

वडास्तरीय योजना कार्यक्रम अन्तर्गत लक्षित बर्गका लागी छुट्याईएको १ लाख रुपैया वजेट मध्ये २५ हजार नौमती बाजा प्रबद्र्धनमा पोशाकमा खर्च गरिएपछि बचेको ७५ हजार रुपैंया बजेटले सम्मान गरिएको वडाध्यक्ष ठाडाले जानकारी दिनुभयो । 

वडाभित्रको बास्तबिक तथ्याङ्कका आधारमै रहेका ६५ जनामध्ये ५५ जना उपस्थित पुरुष ज्येष्ठ नागरीकलाई कार्यक्रममै सम्मान गरिएको र स्वास्थ्य र उमेरका कारण अनुपस्थित १० जना ज्येष्ठ नागरीकलाई भने घरमै पुगेर सम्मान गरिएको जनाईएको छ । 

वडा कार्यालयले वडाभित्रका पुरुष ज्येष्ठ नागरीकलाई ५ सय रुपैया नगद, दोसल्ला र फलफूल तथा जुस प्रदान गरी सम्मान गरेको हो । 

वडाध्यक्ष ठाडाले ज्येष्ठ नागरीक समाजका गौरब भएकाले संकार, संस्कृति र पद्धति बिकासका लागी ज्येष्ठ नागरीक सम्मान प्रभावकारी रहेको दावी गर्नुभयो । 

कार्यक्रममा उपस्थित देबचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठले उपस्थित बाबाहरुलाई सम्मान गर्नुभएको थियो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *