Friday, March 6, 2020


खगेन्द्र पराजुली, 
२३ फागुन, नवलपुर । 

नवलपुरको    देबचुली    स्थित   भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा कावासोतीका एक युवको ज्यान गएको छ । 

पुर्बपश्चिम मुख्यमार्गदेखि ५ किमी उत्तरतर्फ  देबचुली ७  गाबिसचोक नजिक उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना १४ प ५११६ नम्वरको मोटरसाईकल दुर्घटना हुदा कावासोती १७ का २७ बर्षिय लालबहादुर रानाको ज्यान गएको हो । 

हिजो साँझ मोटरसाईकल आफै अनियन्त्रित भई सडकछेउको नालामा पल्टिदा गम्भीर घाईते भएका रानालाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पुर्याईएकोमा उपचारको क्रममा गएराती नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकृत मोहनबहादुर खाँणले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *