Friday, March 6, 2020


खगेन्द्र पराजुली, 
२३ फागुन, नवलपुर । 

जन ज्योति नमुना माबिका बिद्यार्थीले सेनेटरी प्याड बनाउने तालिम लिएका छन् । 

देबचुली १४ मा रहेको सो बिद्यालयका किशोरी बिद्यार्थीले तालिम लिएको बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त घिमिरेले जानकारी दिनुभएको हो । 

तालिममा किशोरी अभियान्ता आशा बिकले सहजीकरण गर्नुभएको थियो । 

प्याड बनाउने अभ्यास सहितको तालिममा आशाले महिलामा हुने महिनावारी, यसको प्रक्रिया, सामाजिक रुपमा रहेका गलत धारणा, स्वास्थ्यका दृष्टिले महिनाबारीको बर्तमान अवस्था तथा प्याड प्रयोगको महत्व लगायतका बिषयमा सैद्धान्तिक कक्षा समेत लिनुभएको जनाईएको छ । 

तालिम देवचुली वडा नं १४ को किशोर किशोरी सचेतना कार्यक्रम अन्तर्गतको शिर्षकको आर्थिक सहयोग तथा परोपकार साकोसको प्राविधिक सहयोगमा गरिएको वडाध्यक्ष हेमराज दवाडीले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *