Friday, March 6, 2020



खगेन्द्र पराजुली, 
२३ फागुन, नवलपुर । 

प्रगतिनगरमा सार्वजनिक भवन निर्माण गर्ने उदेश्य सहित आज शिलान्यास कार्यक्रम भएको छ । प्रगतिनगर बजार ब्यवस्थापन समिति तथा नव प्रगति युवा क्लवको संयुक्त स्वामित्वमा रहेको प्रगतिनगर चोकदेखि १ सय मिटर पश्चिमतर्फ पुर्बपश्चिम मुख्य मार्ग नजिकै रहेको १६ धुर जमिनमा भवन निर्माण गर्ने भन्दै शिलान्यास भएको वजार ब्यवस्थापन समितिका सचिव रामप्रसाद गौतमले जानकारी दिनुभएको हो । 

वहाँले सभाहल, शौचालय र कार्यालय ब्यवस्थापन गर्न मिल्ने गरी भूईतलामै पुनेगरी ३ कोठाको संरचना निकाली माथी ३ तलासम्म लैजाने योजना साथ काम थाल्ने जनाउनुभयो । 

बजार ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल गैरेले चालु आर्थिक बर्षमा नगरपालिकाद्धारा छुट्याईएको १० लाख रुपैयाको बजेट रहेको बताउनुभयो । 

सचिब गौतमका अनुसार अबिलम्व बजार क्षेत्रका ब्यवसायी तथा स्थानीयहरुको सहयोग तथा प्रदेश एवं संघीय सरकारसमक्ष समेत सहयोगको आग्रह गर्दै करीव १ करोडको लगानीमा सुबिधासम्पन्न भवन निर्माण गर्ने लक्ष्य राखिएको खुलासा गर्नुभएको छ । 

भवनको शिलान्यास देबचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले गर्नुभएको हो भने शिलान्यास कार्यक्रममा देवचुली वडा नं १५का वडाध्यक्ष हरिभक्त भट्टराई,प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, भागीरथी आमा समुहकी अध्यक्ष कृष्णादेबी शर्मा लगायत बजार ब्यवस्थापन, क्लवका प्रतिनिधि, पदाधिकारी एवं स्थानीयको समेत सहभागिता रहेको थियो ।  



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *