खगेन्द्र पराजुली,
२२ फागुन, नवलपुर ।
वडामा सञ्चालित कृषि कार्यक्रमलाई ब्यवसायीकरणमा मदत पुर्याउने उदेश्यका साथ देबचुली १६ रजहरमा कृषक सञ्जाल गठन भएको छ ।
आज देबचुली १६ रजहरमा कृषकहरुको भेलाले साबित्री शर्माको संयोजकत्वमा वडास्तरीय कृषक सञ्जाल गठन भएको देबचुली नगरपालिकाका कृषि बिकास शाखा प्रमुख नरेन्द्र भण्डारीले जानकारी दिनुभएको हो ।
वहाँका अनुसार सञ्जालले वडास्तरीय कृषकका हितका कार्यहरुमा नगर र वडासँग समन्यवय गर्दै वडाका कृषि नीतिगत योजनामा सुझाव दिन सक्नेछ भने वडामा रहेका साना साना कृषक समुहहरुको प्रतिनिधित्व गर्दै वडाको कृषि कार्यक्रमलाई ब्यवसायीकरण गर्नमा मदत पुरयाउने उदेश्य साथ कृषक सञ्जालले गतिबिधि सञ्चालन गर्नेछ ।
वडास्तरीय भेलाको अध्यक्षता देबचुली १६ का वडाध्यक्ष केशरबहादुर क्षेत्रीले गर्नुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment