Tuesday, March 3, 2020


खगेन्द्र पराजुली, 
२० फागुन, नवलपुर । 

देवचुली नगरपालिका वडा नं १६ रजहरमा महिला लक्षित ढाकाको झोला, पर्स तथा चप्पल बनाउने तालिम सुरु भएको छ । 

१६ नं. वडा कार्यालयको आयोजनामा सञ्चालित तालिमलाई भूमिका टेक्निकल सर्भिसले सहजीकरण गरेको छ । 

सिप सिकौँ आत्म निर्भर बनौँ भन्ने उद्धेश्यका साथ वडाभित्रका ईच्छुक महिलाहरुको लागि तालिम सुरु गरिएको वडाध्यक्ष केशरवहादुर क्षेत्रीले बताउनुभएको छ । 

उहाँले तालिममा सिकेका सीपलाई ब्यवहारमा पनि उतार्दै आफ्नो आयआर्जन बृद्धि गर्न आग्रह गर्नुभएको छ । 

तालिमका प्रशिक्षक दिया महतो र  हिरा महतोले सहभागीलाई सामाग्री बनाउने तरीका सिकाउनुहुनेछ ।  

तालिममा  वडाभित्रका १३ टोल बिकास संस्थाका २६ जनाले सहभागिता जनाएका छन् । 

१५ दिनसम्म चल्ने तालिम आज मंगलवारबाट शुरु भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *